राजनीति
-
निषेधाज्ञालाई देशभर थप कडाइकासाथ लागु गर्न गृह मन्त्रालयको निर्देशन
जेठ ९, कास्की, गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइका साथ देशभर लागु गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो । -
नेपाली राजनीति फेरि अनिश्चयतर्फ : विपक्षी दलहरु अदालतको शरणमा
जेठ ८, कास्की, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै मुलुकको राजनीति पुनः अनिश्चियतर्फ धकेलिएको छ । प्रतिनिधिसभाले प्रधानमन्त्री दिन नसकेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरे पनि विपक्षी दलहरू भने त्यो मान्न तयार छैनन् । विपक्षी गठबन्धले कोरोना महामारीका बीच प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र -
सडक प्रदर्शनमा रोक लगाउन देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन,पोखरामा प्रदर्शन गर्ने विद्यार्थिलाई प्रहरीले लखेट्यो
जेठ ८, पोखरा, प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई कडा निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश -
थप सात मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने
जेठ ७, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोक्नुभएको छ । सर्वोच्च अदालतले बिहीवार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा -
नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले सांसदको हस्ताक्षर अध्ययन गर्दै
जेठ ७, काठमाण्डौ नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धन र सत्ता पक्षले नै दाबी गरेपछि राष्ट्रपति कार्यालयले सांसदका हस्ताक्षरको अध्ययन गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले एक सय ४९ जना सांसदसहितको हस्ताक्षर बुझाएका छन् -
आज बिहान देखि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
जेठ ७, एजेन्सी, इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ । दुई देशबीचको सहमतिअनुसार स्थानीय समयअनुसार शुक्रवार बिहान २ बजे अर्थात आज बिहानदेखि युद्धविराम सुरु भएको बीबीसीले जनाएको छ । इजिप्टको प्रस्ताव अनुसार युद्धरत दुई देशले युद्धविरामको सहमति गरेका हुन् । थप वार्ताका लागि इजिप्टले इजरायल -
कांग्रेसद्धारा पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक आह्वान
जेठ ७, काठमाण्डौ, नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको हो । राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र -
राष्ट्रपति र प्रधानमन्त्रीको चौतर्फी विरोध, संविधान मिचेको आरोप
जेठ ७, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था रहे पनि प्रक्रिया नै मिचेर राष्ट्रपतिले -
सात मन्त्रीको निरन्तरतालाई सर्वोच्चद्धारा असंवैधानिक ठहर : सात मन्त्री पदमुक्त
जेठ ६, काठमाण्डौ, सर्वोच्च अदालतले मन्त्रिपरिषद्का सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषदमा नियुक्त भएका सात जना मन्त्रीको निरन्तरता असंवैधानिक भएको ठहर गरेको -
राष्ट्रिय सभा सदस्यमा बादललाई पछाडि पार्दै देवकोटा विजयी
जेठ ६, हेटौंडा, वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो । खिमलाल देवकोटा पाँच हजार ८८ मतभार सहित विजयी