राजनीति
-
नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण (देउवाको ५ औँ पटक सम्म प्रधानमन्त्री बन्दाको राजनितिक यात्रा सहित)
असार ३०, कास्की, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गर्नुभएको हो । यसअघि बेलुका ६ बजे हुने भनिएको शपथ ग्रहण झन्डै दुई घण्टा ढिलो गरी सुरु भएको हो -
कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको सपथ लिँदै/विभिन्न नेताहरु शितलनिवासमा/ओलि उपस्थीत नहुने
असार २९, कास्की नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ समारोहमा सहभागी हुन नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ । उहा पूर्वप्रधानमन्त्रीको रुपमा शीतलनिवास पुगेका हुन् । तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने शपथ समारोहमा सहभागी हुनुभएको छैन । शपथ समारोहमा -
बुधबारदेखि पेट्रोलियम पदार्थको वितरणमा रोक लगाउने पाँच विद्यार्थी संगठनको चेतावनी
असार २९, कास्की, संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् । -
राष्ट्रिय युवा संघ नेपालले क्षितिज थेबेको नेतृत्वमा युथफोर्स ब्युँतायो
असार २९, काठमाण्डौ, नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्युँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवा संघले क्षितिज थेबेको नेतृत्वमा मंगलबार पत्रकार सम्मेलनमार्फत युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । यसअघि माओवादी वाईसीएलको ज्यादतीविरुद्ध एमालेले २०६५ -
केपि शर्मा ओलीद्धारा प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेको दावि
असार २९, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो -
समतामूलक समाज निर्माणकालागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्णः प्रदेश प्रमुख पौडेल
असार २८, कास्की, गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नो अधिकारको खोजी गरेर समतामूलक समाज निर्माणको लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । जिल्ला समन्वय समिति(जिसस) कास्कीको आयोजनामा स्थानीय तहका निर्वाचित दलित महिला वडा सदस्य र जिसस पदाधिकारीका लागि आयोजना गरिएको क्षमता -
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभाको आठौँ अधिवेशन अन्त्यको घोषणा
असार २८, काठमाण्डौ, राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवशेन अन्त्य गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८÷०३÷२८ -
सर्वोच्च अदालतको आदेशलाई विभिन्न दलहरुद्धारा स्वागत
असार २८, काठमाण्डौ, सर्वोच्च अदालतको आदेशलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले स्वागत गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै संविधानलाई ट्र्याकमा ल्याइदिएको बताउनुभएको छ । कसैले -
कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने विपक्षी गठबन्धनको निर्णय
असार २८, काठमाण्डौ, विपक्षी गठबन्धनले सर्वाेच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयारी थाल्ने निर्णय गरेको छ ।कोटेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकार -
सर्वोच्च अदालतद्धारा प्रतिनिधिसभा पुनःस्थापना सँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी
असार २८, काठमाण्डौ, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो ।