पोखराको समाचार
-
गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते सुरु हुने
जेठ ११, पोखरा, गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमूख सीता कुमारी पौडेल समक्ष सिफारिस गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिवेशन आव्हान -
‘यास’ चक्रवातको प्रभावले देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
जेठ ११, पोखरा, बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । लुम्बिनी प्रदेश हुँदै प्रवेश गरेको चक्रवातले देशका धेरै ठाउँमा बुधबारदेखि हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा -
कोभिड अस्पताल बनाउनकालागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा तत्कालकालागि बन्द
जेठ १०, पोखरा, पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत अस्पताललाई पूर्ण रुपमा कोभिड–१९ का संक्रमितहरुको उपचार व्यवस्थापनका लागि भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि ओपिडी सेवा बन्द गरिएको बताईएको छ -
गण्डकीको संक्रामक रोग अस्पताल अझै सुविधा सम्पन्न बनाईँदै
जेठ १०, पोखरा, कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो । अहिले -
गण्डकीका ६ सय ५३ सहित एकैदिन ७ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त
जेठ १०, पोखरा, गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टमा देशभर सात हजार चार -
पोखरा चेम्वर अफ कमर्सले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान चलाउँदै
जेठ ९, कास्की, पोखरा चेम्वर अफ कमर्स कास्कीले एक व्यक्ति एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाले कोरोना महामारीका कारण सृजित अक्सिजन सिलिन्डर अभाबका कारण पिडितहरुले अकालमा ज्यान गुमाउनु परेको अबस्थालाई मध्यनजर गरि अभियान शुरु गरेको हो । यस -
कोरोना कहरमा परिवर्तन नेपालले सहयोगि हात अगाडि बढाउँदै
जेठ ९, पोखरा, परिवर्तन आँफैबाट सुरु गरौँ भन्ने मुल उद्येश्य बोकेर कास्कीको पोखरामा सुरु भएको परिवर्तन नेपालले कोरोना कहरमा रहेकाहरुलाई सहयोगको हात अगाडि बढाएको छ । कोरोनाको तेस्रो भेरिएन्टको त्रास फैलिएपछि अन्य जिल्लामा जस्तै कास्कीमा पनि निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाले दैनिक ज्यालादारि गरेर -
देशभर १ सय ९३ जनाको कोरोना संक्रमणबाट ज्यान जाँदा गण्डकीका मात्रै १७ जनाको मृत्यु
जेठ ९, पोखरा, पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट थप १ सय ९३ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार तीन सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा सात हजार नौ -
होम आइसोलेसन बस्दा के कस्ता कुरामा ध्यान दिने ?
जेठ ९, पोखरा, गत वर्षजस्तै यो वर्ष पनि अस्पतालको अभावले होम आइसोलेसनमा बस्नु पर्ने अवस्था देखिएको छ । तर घरमा नै आइसोलेसनमा बस्ने बिरामीहरूले कस्तो कुरामा ध्यान दिने रु चिकित्सकहरू गम्भीर समस्या देखिएका बाहेक लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई समेत घरमै आइसोलेसनमा बस्न सुझाव -
निषेधाज्ञालाई देशभर थप कडाइकासाथ लागु गर्न गृह मन्त्रालयको निर्देशन
जेठ ९, कास्की, गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइका साथ देशभर लागु गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो ।