पोखराको समाचार
-
सरकारद्वारा संवैधानिक निकायमाथि आक्रमण सह–महामन्त्री डा. महत
पोखरा जेठ २७ । नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवाद तर्फ अगाडि वढ्न खोजेको आरोप लगाएका छन् ।नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा. महतले दुई तिहाईको बलमा अधिनायकवादतर्फ सरकार उन्मुख भएको बताए । उनले वर्तमान -
व्यवसायीहरुका समस्या सुन्न पोउवा संघका प्रतिनिधि टोलटोलमा
पोखरा, २७ जेठ । पोखरा उद्योग वाणिज्य संघलाई सवल र चुस्त बनाउन एवं उद्यमशीलता विकास र व्यवसायीको हक अधिकार रक्षामा अझ क्रियाशिल रहन सदस्यहरुले सुझाएका छन् । उनीहरुले गर्विलो इतिहास बोकेको संघको विकल्प भनेको संघ नै भएकोमा जोड दिँदै सदस्यहरुमाथि भरोसा गर्न आग्रह पनि गरेका -
गायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्युजिक अवार्ड
पोखरा, जेठ २७ । छैटौँ अनुपम साङ्गीतिक साँझ २०७६ मा गायक पुरुषोत्तम न्यौपानेलाई अनुपम म्युजिक अवार्ड प्रदान गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा खचाखच दर्शकका माझ न्यौपानेले अवार्डले आफूलाई लोक सङ्गीतका क्षेत्रमा थप काम गर्ने हौसला प्रदान गरेको बताए । उनले नेपाली लोक -
सगरमाथा आरोही गोपाललाई महानगरको सम्मान
पोखरा । सगरमाथाको सफल आरोहण गरेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरेका हन् । सगरमाथा चढेर पोखराको शानलाई उचो बनाएको भन्दै श्रेष्ठलाई महानगरले -
कास्की काँग्रेसले विशाल ¥याली गर्ने
पोखरा, २१ जेठ । नेपाली काँग्रेस कास्कीले विशाल ¥याली सहित सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन जोशीको विशेष आतिथित्यतामा मंगलबार वसेको संयुक्त बैठकले जेठ २५ गते विशाल ¥याली सहित सभा गर्ने निर्णय गरेको हो । -
कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजलाई गण्डकी प्रदेश सिप परिक्षण केन्द्रको जिम्मेवारी प्रदान
जेष्ठ १९, पोखरा । कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजलाई गण्डकी प्रदेश सिप परिक्षण केन्द्रको जिम्मेवारी प्रदान गरिएको छ । विगत लामो समयदेखि पर्यटन विकास मा सहयोग तथा वैदेशिक तथा स्वदेशमै रोजगार गराउनुपर्छ भन्ने उद्देश्यले संचालन भैरहेको उक्त कलेजलाई नेपाल सरकार प्राविधिक शिक्षा तथा व्यावसायिक -
घार्मीखोला—ढिकीडाँडा सडक स्तरोन्नतिहुँदै
पोखरा, १९ जेठ पोखरा १६ को घार्मीखोला, जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानीसम्मको सडक स्तरोन्नति हुने भएको छ । महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न उक्त सडकलाई कनेक्टिङ सडक योजनामा समावेश गरी स्तरोन्नतिको काम थालेको हो । सडकलाई स्तरोन्नति गर्ने काम अहिले भइरहेको पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी -
११ दिने उद्यमशीलता तालीम सम्पन्न
पोखरा, १५ जेठ । पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट संयुक्त रुपमा आयोजित ११ दिने उद्यमशीलता तालीम बुधबार सम्पन्न भएको छ । तालीममा कास्कीसहित देशका बिभिन्न भागका ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । व्यवसायका सम्भावना खोज्दै व्यक्तिलाई उद्यमशील बनाउनु तथा उद्यमशीलताको -
सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार प्रा.डा. जगमानलाई
पोखरा, १४ जेठ । भैरव साँस्कृतिक संरक्षण समितिबाट संचालित ‘श्री सर्वज्ञमान विष्णुदेवी सँस्कृति पुरस्कार २०७५’ बाट सँस्कृतिवीद तथा प्राध्यापक डा. जगमान गुरुङ सम्मानित हुनुहुने भएको छ । नेपाली सँस्कृति विकासको लागि अनुसन्धानको माध्यमबाट दिनुभएको योगदानको कदरगर्दै उहाँलाई सम्मानित गर्न लागिएको भैरव साँस्कृतिक संरक्षण समितिका अधयक्ष -
‘थमन – महेश स्मृति पत्रकारिता पुरस्कार’बाट पत्रकार पौडेल सम्मानित
जेष्ठ १३, पोखरा । १६ औँ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा प्रेस संगठन नेपाल कास्कीले सञ्चालन गरेको ‘थमन – महेश स्मृति पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंग गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल सम्मानित भएका छन् । सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सांसद एवम्