पोखराको समाचार
-
पोखरामा ३ पत्रकार सम्मानित
असार १२, पोखरा । पत्रकार महासंघ कास्कीद्वारा स्थापित ३ विधाका पत्रकारिता सम्मान पुरस्कार वितरण गरिएको छ । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले ३ विधाका ३ जना पत्रकारलाई पुरस्कार अर्पण गरे । पोखरा पत्रकारिता सम्मान समाधानकर्मी पत्रकार श्यामनाथ कुँवरलाई अर्पण गरिएको छ । कुँवरलाई सम्मानपत्र, दोसल्ला -
बजेटमा असन्तुष्टी जनाउदै पोखरा महानगरका वडा अध्यक्ष आन्दोलनमा
पोखरा, १२ असार पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति वडाध्यक्षले असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका छन् । विपक्षी नेपाली काग्रेसका ११ वडाका वडा अध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुधबार महानगरपालिकाको योजनाको रातो किताब नै च्यातेर असन्तुष्ट व्यक्त गरेका थिए भने बिहीबार महानगरको -
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५४ लाख रुपैंया सार्वजानिक
पोखरा । देशकै ठुलो महानगरपालिका पोखरा महानगरपालिकाले आर्थिक वर्ष ७६र७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि सो बजेट प्रस्तुत गरीन् । बजेटले महानगरको पूर्वाधार, कनेक्टिङ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, -
यस्ता छन् पोखरा महानगरका आर्थिक वर्ष २०७६/७७ को बार्षिक बजेट तथा कार्यक्रम
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङज्यू नगर सभासदज्यूहरु पत्रकार मित्र तथा उपस्थित महानुभावहरु । नेपाली जनताको लामो समय देखिको संघर्ष र चाहना अनुरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भइ संघ, प्रदेश र स्थानीय तह मार्फत संघीयताको कार्यान्वयन भइरहेको छ -
पोखरा महानगरपालिका वडा नं १८ सराङकोटको नेकपा अध्यक्षमा पुष्कल बहादुर थापा
पोखरा, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका वडा नं १८ सराङकोटको अध्यक्षमा पुष्कल बहादुर थापा चयन भएका छन् । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठन भएपछि थापा अध्यक्ष बनेका हुन् । यसअघि थापा नेकपा एमाले वडा -
बन्दले देशभरको जनजीवन प्रभावित, पोखराका ४ ठाउँमा बम
असार १०,पोखरा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण पोखरा सहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि बिहान देखि बन्दको प्रभाव देखिएको छ । बजार र सडक क्षेत्र सुनसान देखिएको छ । साथै पोखराका -
पोखरा महानगरको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)
पोखरा,०९ असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको आजको बैठकमा नगर प्रमुख मानबहादुर जिसीले आगामी वर्षको कार्यक्रम प्रस्तुत गरे । कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ । आर्थिक वर्ष २०७६/ ०७७ को नीति तथा कार्यक्रम माननीय मुख्यमन्त्रीज्यू, -
दारी ग्याङ पोखराद्धारा फेवाताल सरसफाई कार्यक्रम सम्पन्न ( फोटोफिचर )
असार ०७, पोखरा दारी ग्याङ पोखराद्धारा फेवाताल सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । विगत लामो समयदेखि सामाजीक कार्यमा अग्रसर उक्त समूहले करिव ५० जना व्यक्तिहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम वडा न ६ का जनप्रतिनिधि हरि पहारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय गान गाएर -
पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु
पोखरा । पोखरामा वितरण हुने खानेपानी शुद्धीकरण परियोजना शुरु भएको छ । नेपाल सरकारको खानेपानीमन्त्री विना मगरले शुद्धीकरण योजनाको शुभारम्भ गरेकी हुन् । पोखरामा बर्षात्को समयमा धमिलो आउने समस्या समाधनका लागि नेपाल खानेपानी संस्थानले शुद्धीकरण योजना ल्याएको हो । खानेपानी शुद्धीकरण परियोजनाका लागि जापान सरकारको -
मेथलाङमा एक घर एक धारा
पोखरा, २७ जेठ लिफ्टिङ प्रविधि मार्फत् पोखरा १८ मेथलाङमा एक घर एक धारा उपलब्ध गराइएको छ । पोखरा महानगरपालिका र अन्य सरकारी निकायको आर्थिक सहयोगमा कुसुन्डे मेथलाङ लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो । ३५ लाखको लागतमा सम्पन्न भएको उक्त योजनाबाट ४० घर परिवारलाई एक÷एक