तनहुँमा अस्पताल बन्द हुँदा सेवाग्राही मर्कामा

पोखरा । तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित फूलबारी सामुदायिक अस्पताल पाँच महीनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । जनशक्ति अभावले पाँच महीनादेखि अस्पताल बन्द हुँदा यस क्षेत्रका स्थानीयवासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । मन्त्रिपरिषद्ले ढोरफिर्दी स्वास्थ्य चौकीलाई फूलबारीमा समायोजन गरेर १५ शै्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेपनि अस्पताल बन्द अवस्थामा छ । अस्पताल र स्वास्थ्य चौकीको समायोजन गरी ढोर फूलबारी शहीद अस्पतालको नामबाट सञ्चालन गर्ने तयारी भएपनि जनशक्ति अभावमा अस्पताल बन्द अवस्थामा रहेको छ । सोही वडाको राइपुर निवासी भिमबहादुर थापाले पाँच महीनादेखि अस्पताल बन्द हुँदा स्वास्थ्य उपचारबाट…

Read More

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु रिले अनशनमा

पोखरा ।नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको र आफ्ना माग पुरा नगरेको भन्दै गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुले आइतबारबाट रिले अनशन सुरु गरेका छन् । आफुहरुले बुझाएको बढी शुल्क विद्यार्थीहरुलाई नै फिर्ता दिनुपर्ने, विद्यार्थीहरुले तिरेको शुल्कको बिल, भौचर तथा रसिद उपलब्ध गराउनु पर्ने माग गर्दै विधार्थीहरु विभिन्न चरणमा गरेर माघ १६ गतेबाट आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको भएपनि कुनै चासो नदेखाएपछि विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन् । आफुहरुको माग पुरा नभएसम्म रिले असशन जारी राख्ने र केही त्यस्ता अप्ठ्यारो परिस्थिति आए कलेज प्रशासन नै जिम्मेवार हुनुपर्ने विद्यार्थी प्रबिन गौतमले…

Read More

डा.गोविन्द के.सि लाइ अभिमन्यु को खुला पत्र

आदरणीय डा. गोविन्द के.सि ज्यु , आराम छु आराम को कामना गर्दछु । तपाईं सङ्ग भेटेर कुरा गर्ने रहर त्यति बेला देखि थ्यो जति बेला तपाइ छैटौ अनसन बस्नु भो , तर म जस्तो एउटा सामान्य नागरिक तपाईं सम्म पुगेर भलाकुसारी गर्नु भनेको लासामा सुन छ रे भनेको सुन्नु बराबर जस्तो लाग्छ । तपाईंले देश र जनताको निम्ति स्वास्थ्य क्षत्रमा जुन खाल्को भुमिका निभाएको कुरा चोकचोक र पत्रपत्रिका बाट जब जब सुन्छु र पढ्छु तबतब लाग्छ देशमा स्वास्थ्य क्षत्रले निकै फड्को मार्दैछ । अनि गर्वले हल्का मुस्कान सङ्गै आँखा बाट…

Read More

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि  राति काठमाडौं लगियो

पोखरा। चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा अनशनरत प्रा।डा।गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिल समस्या देखिन थालेको छ । यसरी दिन प्रतिदिन स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई गएरातिइलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । डा। केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ ।हिजोदेखि उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…

Read More

१६ औं चरणको सत्याग्रह थालेको डा। गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै

पोखरा । १६ औं चरणको सत्याग्रह थालेको डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । इलाममा सत्याग्रह सुरु गरेको चौथो दिन शनिबार उनको स्वास्थ्यमा जटिल समस्याहरु देखिन थालेका हुन् । चिकित्सकहरुले बिहान उनको स्वास्थ्य परीक्षण गरेका थिए ।शुक्रबारसम्म भूइँमै सुतिरहेका केसीलाई आजबाट आफ्नो शरीर थाम्न नसक्ने अवस्थामा पुगेपछि बेडमा सारिएको छ । यसैबीच चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनसनमा बसेका डा. केसीको मागप्रति ऐक्यवद्धता जनाउने क्रम पनि बढ्दै गएको छ । सरकारसँग भएको सहमतिअनुसारकै चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्बाट पास गर्नुपर्नेलगायतका ६ बुँदे माग गर्दै डा. केसी गत बुधबारदेखि सत्याग्रहमा…

Read More

अन्नपूर्ण गाउँपालिकामा बृहत निःशुल्क स्तन तथा क्यान्सर परिक्षण शिविर हुने

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा लायन्स क्लब अफ गण्डकी दोभान को आयोजनामा बृहत निःशुल्क स्तन तथा क्यान्सर परिक्षण शिविर हुने भएको छ । अन्नपूर्ण –६ लुम्लेको घुम्तीमा माघ ३ गते र नौडाडा स्वास्थ्य चौकीमा ४ गते शिविर संचालन हुन लागेको हो । उक्त शिविरमा महिलाको स्तन तथा पाठेघर पुरुषको चेष्ट अथवा शरिरका विभिन्न ठाउँमा आउने गाठा गुठीहरुको अत्याधुनीक मेसिनद्धारा परिक्षण हुने ढिकुरपोखरी समाज पोखराका उपाध्यक्ष बाबुराम भण्डारीले जानकारी दिएका छन् । सो कार्यक्रममा वि.पि कोईराला मेमोरीयल क्यान्सर हस्पिटलका वरिष्ठ प्राविधिकहरुको सहयोग रहने भएको छ ।कार्यक्रमलाई थाहा फाउन्डेशनले संयोजन गर्नेछ ।…

Read More

बन्दीपुर गाउँपालिकाद्धारा विपन्न समुदायका परिवारको स्वास्थ्य बीमा हुने

पोखरा । ।बन्दीपुर गाउँपालिका भित्र बसोबास गर्ने असहाय एवं आर्थिक रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिका आफैले गर्ने योजनाका साथ कार्यक्रम अगाडि ल्याइएको छ । गाउँपालिकाले विपन्न समुदायका परिवारको स्वास्थ्य बीमा गराउने योजना अगाडि ल्याएको अध्यक्ष पूर्णसिंह थापाले बताएका छन् । चालू आर्थिक वर्षमा तीन सय घर परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने लक्ष्यका साथ गाउँपालिका अगाडि बढेको र स्वास्थ्य बीमाका लागि लाग्ने आवश्यक खर्च गाउँपालिकाले नै बेहोर्ने अध्यक्ष थापाले बताएका छन् । आर्थिकरुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित…

Read More

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ६४ करोड २० लाख बराबरको बजेट पास

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो बैठकले ६४ करोड २० लाख रुपैयाँ बराबरको बजेट पास गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकारले दिएको २२ करोड २० लाखको बजेट र प्रतिष्ठानको आन्तरिक आम्दानीबाट उठेको ४२ करोड रुपैयाँको बजेट पास गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका १० एजेन्डाहरुसमेत प्रस्तुत् गरिएको थियो । बजेट आएको ६ महिनापछिमात्र बैठक बसेर बजेट पास गरेका कारण धेरै काम रोकिएको प्रतिष्ठानका पदाधिकारीहरुले बताएका थिए । २०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समिति खारेज भइ प्रतिष्ठान स्थापना गरिएको…

Read More

कुमारी बैंकका सेवाग्राहीलाई युआरएलमा २५ प्रतिशत छुट

पोखरा । कुमारी बैंक लिमिटेड र पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बीच सेवामा सहुलियता दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन् । बैंकका सेवाग्राही, कर्मचारी, सेयरधनी र सञ्चालकले युआरएल हुने सबै प्रकारका रक्त परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् । यो सम्झौता २ वर्षसम्म मान्य हुने बताइएको छ । बैंकका पोखरा शाखा प्रबन्धक राणाले सेवाग्राहीलाई सुविधा दिन यस प्रकारको सम्झौता भएको बताए । देशभर कुमारीका ९० शाखा र करिब…

Read More

पुरुन्चौरमा स्वास्थ्य शिविर

पोखरा । जनसेवा बचत तथा ऋण सहकारी पोखरा–पुरुन्चौरले शनिबार आयोजना गरेको निशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षणमा ३ सय ५२ जनाले रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामचन्द्र काफ्ले धूमपानले मुटुरोगका समस्या निम्त्याउने बताए । उनले भने, ‘मैले उपचार गरेका हृदयघात भएका बिरामीमध्ये ९० प्रतिशतले धूमपान गर्ने गरेको बताए । यसले रगतमा हुने खराब बोसो बढाउछ र आवश्यक बोसो चाहिँ घटाइदिन्छ ।’ डा. काफ्लेले खानपान र जीवनचर्या सन्तुलित बनाउन सके मधुमेहको जोखिमबाट धेरै हदसम्म बाच्न सकिने…

Read More