पोखराको समाचार
-
पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याटमिन्टन कोर्ट निर्माण गर्ने
पोखरा, ३ वैशाख पोखरा महानगरपालिकाले २१ स्थानमा भलिबल र ब्याटमिन्टन कोर्ट निर्माण गर्ने भएको छ । महानगरले १४ स्थानमा भलिबल कोर्ट र ७ स्थानमा ब्याटमिन्टन कोर्ट निर्माण गर्न लागेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार बसेको खेलकुद पूर्वाधार निर्माण सम्बन्धी बैठकले उक्त -
पोखरा लेकसाइडबाट बलात्कारको अभियोगमा चार पक्राउ
बैशाख ३, पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए। -
युनाईटेड क्लवद्धारा कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण
पोखरा, २ वैशाख । युनाईटेड क्लवले कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन सोमबार पोखरा १५ टुटुङगामा रहेको नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रममा आश्रित रहेका १४ जना प्रभावितहरुलाई खाद्यान्न -
साँघुमुख महेन्द्रपुल बजार समितिद्धारा खाद्यान्य वितरण
पोखरा, ३ वैशाख । साँघुमुख महेन्द्रपुल बजार समिति पोखराले पोखरा भलाम स्थित हरिहर सन्यास गुफा आश्रममा खाद्यान्य सामाग्री वितरण गरेको छ । समितिले आश्रममा नै पुगेर चामल, दाल, चना, आलु सावुन लागयतका सामग्री वितरण गरेको समितिका अध्यक्ष सूर्यराज त्रिपाठीले जानकारी दिए । नयाँवर्षको उपलक्ष पारेर -
समचार लेखेकै भरमा पत्रकार गिरी पक्राउ, महासंघ कास्कीले जनायो आपत्ती
पोखरा, बैशाख २ । ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । ब्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार प्रकाशित भएको थियो । सोही समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा -
पोखराबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ
बैशाख १, पोखरा । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड -
पुम्दीकोट गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य – मेयर जिसी
०१ बैशाख, पोखरा । पुम्दीकोट कोट विकास समितिको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको को उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा २२ स्थित पुम्दीकोटमा निमार्ण हुदै गरेको विशाल महादेवको मुर्ति सहितको भौतिक संरचना निमार्णले पर्यटनमा महत्वपूर्ण -
पोखरा जेसीजको ४५औं वार्षिकोत्सव सम्पन्न
पोखरा, २९ चैत । पोखरा जेसीजले ११ अप्रिल, २०१९ (२०७५ चैत्र २८ गते)४५औं वार्षिकोत्सव मनाएको छ । पोखरा जेसीजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटा थिए । कार्यक्रममा विशेष अतिथिमा पोखरा जेसीजका -
४० घर परिवारलाई पोखरा वडा न.१ द्धारा स्वास्थ्य बिमा
पोखरा २९ चैत । पोखरा महानगरपालिका वडा नम्वर १ ले वडाभित्र रहेका विपन्न, असाहाय नागरिकहरुलाई स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । वडाले विपन्न, असक्त र असहाय नागरिकको स्वाथ्य बिमाका लागि विनियोजन गरेको १ लाख रुपैयाँबाट वडाभित्रका ४० घर परिवारलाई २५ सय रुपैयाँको स्वाथ्य बिमामा -
न्यूरोड चौतारी लायन्समा क्षत्र बराल निर्वाचित
चैत्र, २९ पोखरा । लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको अध्यक्षमा क्षत्र बहादुर बराल क्षत्री निर्वाचित भएका छन् । बिहिवार पोखरामा सम्पन्न क्लबको निर्वाचनबाट लायन वर्ष २०१९/२० का लागि क्षत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नेपाल प्राध्यापक संघ कन्या क्याम्पसका सभापति क्षत्री