पोखराको समाचार
-
दारी ग्याङ पोखराको रक्तदान सम्पन्न
पोखरा /अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट १३० युनिट रगत संकलन भएको छ । क्षेत्रीय रक्तसंचार सेवा केन्द्र कास्कीको प्राविधिक सहयोगमा भएको कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजीव पहारीले पहिलो रक्तदाता विवेक चालिसेलाई ब्लड ब्याग हस्तान्तरण गरि उदघाटन गरे । -
गण्डकी प्रदेश प्रमुखले दिए ट्होंटेको शुभकामना
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले गुरुङ समुदायको महान पर्व ट्होंटेको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् । हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाइने ट्होंटे पर्व गुरुङ समुदायले आज मंगलबार धुमधामका साथ मनाउँदैछन् । प्रदेश प्रमुख कुँवरले सोमबार शुभकामना सन्देश जारी गर्दै -
फोनिजको २० औँ स्थापना दिवस
पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले नेपालका आदिवासी जनजातिका भाषाहरुलाई कुनै संग्रहालयमा राख्नुपर्ने हो कि भन्ने अवस्था आउने थालेको बताएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकी प्रदेश समितिको आयोजना तथा फोनिज कास्कीको सहआयोजनामा सोमबार -
हरिहर गुफाको संरक्षण र प्रवद्र्धनमा महानगरले सहयोग गर्छ ः मेयर जिसी
पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले हरिहर सन्यास आश्रम गुफाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने वताएका छन । हरिहर गुफा सन्यास आश्रम पोखरादेखी नजिकै रहेको भएतापनि यसको प्रवद्र्धन हुन नसक्दा गुफामा धार्मिक पर्यटकहरु पुग्न नसकेको वताएका हुन । पोखरा महानगरपालिका २० मा पर्ने हरिहर -
पोखरा भित्रिएका आलु खान अयोग्य, ५१ वोरा आलु नष्ट
पोखरा । भारतबाट पोखरामा विक्रीको लागि आयात गरिएको सेतो आलुमा विषादीको रुकाटर दर बढी भेटिएको छ । आयात गरिएको आलुमा विषादीको रुकावट दर बढी भेटिएपछि विक्रीको लागि राखिएको आलुलाई नष्ट गरिएको छ । गत साउन १७ गते आयात गरिएको आलुको विषादी परीक्षण गरिएको थियो । -
नाटक एक चिहानको रिर्हसल
पोखरा । नाटक एक चिहान पोखरामा मञ्चन हँुदैछ । यहि साउन ३० गतेबाट मञ्चन हुने नाटकको यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई परिपक्क बनाउन कलाकारहरुको मेहनत गरिरहेका छन् । पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटक भाद्र १४ गतेसम्म नियमित मञ्चन गरिनेछ । हृदय चन्द्र -
पोखरा र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच सहकार्यको लागि छलफल
पोखरा । पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले उद्योगी÷व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि समान धारणा बनाउनु पर्नेमा सहमति जनाएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धन लगायत लगानीका सम्भाव्य क्षेत्रमा सहकार्य र संयुक्त लगानीको लागि आउँदा दिनमा सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । जिल्ला -
कृष्ण कुमारी गुरुङ (बटौली) बजैले स्थापना गरेको अक्षयकोषबाट क्षेत्रीलाई सहयोग
पोखरा । पोखरा २० मौजा घर भइ हाल पोखरा लामाचौर बस्ने समाजसेवी कृष्ण कुमारी गुरुङ (बटौली बजै) ले हिमालय माविमा स्थापना गरेको अक्षयकोषको ब्याजबाट संकलित रकम एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी पूर्ण वहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । हिमालय मावि मौजामा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई लक्षित -
तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिले भदौ २८ गते पोखरामा स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझ गर्ने
, पोखरा । तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा आगामी भदौ २८ गते शनिबार स– पुmँ–क्ह्याल्स साँस्कृतिक साँझ आयोजना गर्ने भएको छ । तमू जातिको कुल धर्म बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने र आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा -
हिमाली साँस्कृतिक परिवारको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः मेनकाजी गुरुङ सर्वसम्मत
पोखरा । हिमाली साँस्कृति परिवार पोखराको २२औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले पुनः मेनकाजी गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानबहादुर थापा, उपाध्यक्षमा गजबहादुर गुरुङ, सचिवमा श्रीजंग गुरुङ र कोषाध्यक्षमा महादेव