पोखरा महानगपालिकाले अवैधरुपमा बनाइएका वडासदस्य सहित अन्य दुईको घर भत्कायो

पोखरा । पोखरा महानगपालिकाले यतिबेला पोखरामा रहेका घर तथा बिभिन्न पार्कहरु भत्काईरहेको छ । । महानगपालिकाले सोमबार पनि अवैधरुपमा बनाइएका तीनओटा घर भत्काएको छ ।

सार्वजनिक जग्गा हडपेर बनाइएका पोखरा महानगरपालिका वडा नम्बर–४ की वडासदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर–५, धारापानीका भरत लिगल र वडा नम्बर–५ मै पर्ने बुलौंदीखोलाको मापदन्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।

डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालै ढलान गरेको वडासदस्य परियारको एकतले घरको पिलरसहित घरको संरचना भत्काएको हो । डोजरले भत्काएको घर बस्न नमिल्ने भएको छ ।

परियारले डोजरको ‘बकेट’मासमेत बसेर घर भत्काउने कार्य रोक्नका लागि प्रयास गरेकी थिईन् तर उनको प्रयास सफल भएको थिएन ।
तस्बीर ः सामाजीक संजालबाट

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment