इक्यान शैक्षिक मेलाको तयारी तिब्र

पोखरा । छैठौं संस्करणको इक्यान शैक्षिक मेला’ आगामी २६ गतेदेखि पोखरा सभागृहमा हुने भएको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको वृहत एजुकेसन फेयर २८ गतेसम्म संचालन हुनेछ ।गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेलाको रुपमा स्थापित भएको यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्टेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने आयोजक इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले जानकारी गराए ।

मेला नेपाली विद्यार्थीहरुलाई विश्वका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको शिक्षा प्रणाली सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल शैक्षिक परामर्श संघ कास्कीले जानकारी दिएको छ ।

शैक्षिक मेलामा विदेशस्थित विश्वविद्यालय तथा कलेजहरुले स्कलरसिप, शिक्षाको गुणस्तर, लाग्ने शुल्क, बसाइँ सम्बन्धी जानकारी दिइने इक्यान कास्कीका उपाध्यक्ष एवं मेलाका संयोजक सन्दिप अर्यालले जानकारी दिए ।

मेलामा ६५ वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment