चलचित्र ‘शत्रु गते’को च्यारिटी शो विन्दवासिनी सिनेमा हलमा भोलि

पोखरा । ख्यातिप्राप्त निर्देशक प्रदिप भट्टराईद्धारा निर्देशित नेपाली चलचित्र शत्रु गतेको पोखरामा च्यारिटी शो हुने भएको छ । शो शुक्रवार विहान ८ वजे पोखराको विन्दवासिनी सिनेमा हलमा प्रदर्शन हुनेछ ।

मह सञ्चारको प्रस्तुतीमा रहेको यस चलचित्रमा चर्चित हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, राजाराम पौडेल, शिव हरि पौडेल, किरण केसी लगायत पल शाह, आचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुसुल,सुष्मा कार्की, अन्जु महर्जन लगायतको कलाकारको अभिनय रहेको छ ।

चलचित्र मार्फत समाजमा वातावरणसम्वन्धी सकरात्मक सोचको विकास गर्ने उद्देश्यले ल्याङ्गोईज एशोसियनसन अफ नेपाल (लान)ले च्यारिटी शोको आयोजना गरेको हो ।

“हाम्रो पोखरा, राम्रो पोखरा, वातावरण राखौं सधैं हराभरा” भन्ने ध्येयले आयोजित कार्यक्रम मार्फत आम जनमासमा वातावरणीय चेतनाको विकासमा टेवा पुग्ने कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment