कास्की मोडनाईज्डमा विविध कार्यक्रम

पोखरा ।कास्की मोडनाईज्ड एकेडेमी यूवा जुनियर रेडक्रस सर्कलको आयोजना जुनियर डान्सीङ्ग एण्ड सिङ्गीङ कम्पिटीसन सम्पन्न भएको छ । विद्यालयकी प्रि–प्राईमरी ईन्चार्ज मनकुमारी गुरुङको अध्यक्षतामा भएको प्रतियोगीतामा नृत्य तर्फ अनुस्का परियार प्रथम, निलीशा गुरुङ्ग द्धितिय, यूनिशा गुरुङ तृतिय तथा मेरीना पूनले चौथो स्थान हासिल गरे भने संगित तर्फ प्रनिश वि.क प्रथम, सन्ध्या पून द्धितीय, राज्भी रोकाहा तुतिय र किस्मत सुनारले चौथो स्थान हासिल गरे ।

औपचारिक कार्यक्रमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राधा नेपालीले यस्ता कार्यक्रमले साना–साना नानी वावुहरुको प्रतिभा प्रस्फुटित भई भविष्यको खाका कोर्न सहयोग मिल्ने बताईन् । प्रतियोगिताको निर्णायक रुपमा संगित शिक्षक नरेश गुरुङ, नृत्य प्रशिक्षक यूवराज गुरुङ तथा चित्रकला शिक्षक आकाश गुरुङ रहेका थिए ।

त्यस्तै वि.टु. डि डान्स क्रुले आयोजना गरेको गोल्डेन ढाका टोपी लोक नृत्य प्रतियोगितामा कास्की मोडनाईज्ड एकेडेमीका छात्रा–छात्रले द्धितीय स्थान हासिल गर्न सफल भएकोमा विद्यालयका प्राचार्य रामबहादुर मोचीले बधाई ज्ञापन गरे ।

त्यस्तै विदयालयको अन्तर सदनात्मक भलिबल प्रतियोगितामा छात्रा तर्फ रातो सदन प्रथम, सेतो सदन द्धितीय, नीलो सदन तृतीय त्यसै गरी हरियो सदन प्रथम, रातो सदन द्धितिय र नीलो सदनले तृतीय स्थान हासिल गरेका थिए । खेलको संचालन राष्ट्रिय भलिबल रेफ्रि चुन नारायण श्रेष्ठ, ईश्वर आले र आशिस श्रेष्ठ रहेको प्रतियोगिता खेल संयोजक मिलन तिमिल्सिनाले वताए । कार्यक्रमको संचालन शिक्षक सुशिल नेपालीले गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment