प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जमा फोरमका सरावगी मेयर

वीरगञ्ज । प्रदेश २ को एकमात्र महानगरपालिका विरगञ्जमा संघीय समाजवादी फोरम नेपालका विजयकुमार सरावगी मेयरमा विजयी भएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसका शान्ति कार्की विजयी भईन् ।

वीरगञ्ज महानगरपालिकाको मेयर पदका लागि कांग्रेसका अजय द्विवेदी, एमालेका बसरुद्धिन अन्सारी, माओवादी केन्द्रका रहबर अन्सारी, राजपाका राजेशमान सिंह र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार एक सय ९७ मत पाएका छन् । यस्तै, १९ हजार ६ सय सात मतका साथ उपमेयरमा कांग्रेसकी कार्की विजयी भइृन् । उनकी प्रतिद्वन्द्वी फोरम नेपालकी पिंकी यादवले १८ हजार पाँच सय ३० मत पाए ।

वीरगञ्ज महानगरका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादी केन्द्रले १ र लोकतान्त्रिक फोरमले १ वडा जितेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment