१३ जना जुवाडेलाई झण्डै दुई लाख रुपैयाँ सहित समात्यो प्रहरीले

तारा पौडेल/पोखरा । कास्की प्रहरीले झण्डै दुई लाख रुपैयाँ सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरु पोखरालेखनाथ महानगरपालिका वडा नं १३ संगम टोलबाट (६ जना) र पोखरालेखनाथ १७ काउछेघारीबाट (७ जना) पक्राउ परेकोे कास्की प्रहरीले जनाएको छ ।

पोखरालेखनाथ महानगरपालिका बडा नं १३ संगम टोल स्थित सन्तोष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेहरुमा घरधनी ३० वर्षीय सन्तोष श्रेष्ठ , सोहि स्थानका ४० वर्षीय हरी तामाङ, ४० वर्षीय किशोर परियार, ४० वर्षीय मिलन गुरुङ, ५३ वर्षीय राजेन्द्र नेपाली र ४० वर्षीय सोभित नेपाली रहेका छन् । उनीहरु नगद ४१ हजार ४ सय ७५ रुपैयासहित पक्राउ परेका हुन् ।

यसैगरी पोखरालेखनाथ १७ काउछेघारी स्थित दिपेन्द्र पौडेलको घरमा जुवातास खेलिरहेको जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ६ बुक ताससहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ५० हजार ५ सय ४५ रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा पोखरालेखनाथ १७ बस्ने घरधनि ३६ वर्षीय दिपेन्द्र पौडेल, स्याङ्जा पुतलीबजार ५ घर भई पोखरालेखनाथ १७ बस्न वर्षीय बोधराज रेग्मी, स्याङ्जा पुतलीबजार ५ घर भई पोखरालेखनाथ ३ नदिपुर बस्ने ३३ वर्षीय राजु रेग्मी, स्याङ्जा पुतलीबजार ५ घर भई पोखरालेखनाथ १७ बस्ने ३६ वर्षीय प्रकाश रेग्मी, पर्वत मोदी गाउँपालिका १ घर भई पोखरालेखनाथ १७ बस्ने ३७ वर्षीय अनिल क्षेत्री, पर्बत कुश्मा नगरपालिका ९ घर भई पोखरालेखनाथ ५ बस्ने २८ वर्षीय रामकृष्ण पौडेल र पोखरा लेखनाथ ९ बस्ने २९ वर्षीय अमर खनाल रहेका छन् ।
सोमवार पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment