यु–१८ आइटीएफ टेनिसमा डबल्स फाइनल सम्पन्न

पोखरा । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधी जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै जापानीज जोडीले सो उपाधी रक्षा गरेका हुन् । महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ्ग झाङको जोडी प्रथम भएको छन् । चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडीले वाकओभर दिएपछि लियु र झाङ जोडीले प्रथम स्थान…

Read More

पोखरा म्याराथनको पुरुस्कार राशी १० हजार डलर पु¥याउनुपर्छः मुख्यमन्त्री गुरुङ

पोखरा । १३औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको पूर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले आगामी वर्षबाट पोखरा म्याराथनको पुरुस्कार राशीलाई १० हजार डलरसम्म वृद्धी गर्नुपर्ने कुरालाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङले मुख्यताका साथ उठाएका छन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं पोखरा म्याराथनका मुख्य संरक्षक पृथ्वी शुव्वा गुरुङले पोखरा म्याराथन सफल बनाउन मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित उच्च स्तरीय बैठकलाई सम्वोधन गर्दै आगामी वर्षबाट पोखरा म्याराथनको राशीमा वृद्धि गरी अन्तर्राष्ट्रिय धावकहरु पोखरासम्म ल्याउने बातावरण बनाउन बनाउने तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताए । सरकारका मन्त्रीहरु, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, सचिवहरु, प्रमुख…

Read More

दोस्रो व्यास अल्ट्रा म्याराथुनको उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रलाई

पोखरा । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको ुदोस्रो व्यास अल्ट्रा म्याराथनुको उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाटले चुमेका छन् । व्यास-५ मानहुँदेखि व्यास-८ को पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका भाटले उपाधी चुमेका थिए । त्यस्तै, डोटी घर भएका त्रिभुवन आर्मी क्लबकै नवराज साउदले ३ घण्टा २ मिनेटमा उक्त दूरी पार गर्दै द्वितीय भएका छन् । साउदले गत वर्ष सम्पन्न प्रथम अल्ट्रा म्याराथनमा ३ घण्टा १३ मिनेटमा उक्त दूरी पार गर्दै उपाधि जित्न सफल भएका थिए । यस्तै, ३ घण्टा १४…

Read More

विश्व च्याम्पियन बडि बिल्डर महेशलाई मेगा जिमले पोखरामा सम्मान गर्ने

पोखरा । बडि बिल्डिङ्गको विश्व च्याम्पियन उपाधी विजेता नेपाली बडि बिल्डर महेश महर्जनलाई पोखरामा सम्मान गरिने भएको छ । पोखरा ट्रेड मलमा रहेको मेगा जिम प्रालिले महेशलाई शनिबार नगद सहित सम्मान गर्न लागेको हो । महेशले थाइल्यान्डमा आयोजित वर्ल्ड बडि बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका थिए । यो संगै काठमाण्डौका विभिन्न संघसंस्थाहरुले उनको सम्मान गरिसकेको छ । पोखरामा भने उनको पहिलो पटक सम्मान गरिन लागेको हो । मेगा जिमले आफ्नों वार्षिकोत्सवको अवसर पारेर महेशलाई सम्मान गर्न लागेको हो । मेगा जिमका नियमित…

Read More

धितालमा ल्होसार मेला सुरु, दर्शकको चाप बढ्दो

पोखरा । कास्कीको माछापुच्छ्रे गा.गा–६ हेम्जाकोटमा ल्होसार मेला संचालन भैरहेको छ । । जय बराह युवा क्लबको आयोजनामा संचालीत मेला शनिबार देखी बुधबार सम्म संचालन हुने संचालक सुन्दर गुरुङले जानकारी दिएका छन् । मेला अवलोकनको लागि धिताल, धम्पुस, हेम्जा, ल्वाङ घलेल लगाएतका क्षत्रबाट दर्शकहरुको ओहीरो लागेको छ । मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बरालले धिताल पर्यटकीय गनतव्य भएको र त्यहाको सम्भावनालाई उजागर गर्नुपर्ने जोड दिएका छन् । साथै धितालको सडक स्तरोन्तका लागि प्रदेश सरकारबाट एक करोड बजेट बिनियोन भएको र टेण्डरको अन्तिम प्रक्रियामा रहेको जानकारी दिएका छन् ।…

Read More

पोखरामा माघ १ देखी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुने

पोखरा । पोखरामा यहि माघ १ गते देखी दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रकै कोर्टमा हुने प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । १० टोलीले तीन दिन लिग र चौथो र पाँचौ दिन सेमिफाईनल र फाईनल प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेलमा शसस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि…

Read More

सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब आज एपिएफबिरुद्ध खेल्दै

पोखरा । थ्रीस्टार क्लबमाथि २–१ को रोमान्चक जित निकाल्दै सहिद स्मारक ए डिभिजन लिगमा उपविजेता पक्का गरेको सिएमजी संकटा क्लब आज एपिएफबिरुद्ध खेल्दैछ । दशौं जितको खोजीमा संकटा लिगको अन्तिम खेलमा एपिएफबिरुद्ध खेल्न लागेको हो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेल आज दिउँसो साढे २ बजे सुरु हुनेछ । संकटा दशौं जितको खोजीमा रहँदा एपिएफ लिगमा सातौं जित निकाल्ने लक्ष्यमा छ । विदेशी र युवा खेलाडी सम्मिलित संकटाबिरुद्ध जित निकाल्न एपिएफलाई त्यति सहज भने छैन । तर पछिल्लो खेलमा जित निकाल्न सफल एपिएफ संकटाको विजय यात्रामा बाधक बन्न सक्छ । दुबै…

Read More

एन्फाद्धारा शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच हुनेछ । सोही दिन सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । दुवै खेल हल्चोकस्थित एपिएफ मैदानमा हुनेछ । पुस २२ गते आइतबार एनआरटी र ब्रिगेड ब्वाइजबीच एन्फा…

Read More

बिपिएल क्रिकेट खेल्न आज बङ्गलादेश पुगे सन्दीप

पोखरा । नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो…

Read More