शिशु विकास तथा स्याहार केन्द्र बैदामको ११ औं साधारणसभा

पोखरा । शिशु विकास तथा स्याहार केन्द्र पोखरा–६, बैदामको ११ औं साधारणसभा तथा सम्मान कार्यक्रम मंगलबार एक समारोहका विच सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले वर्तमान अवस्थामा शिशु स्याहार केन्द्रको महत्व बढ्दै गएको बताए ।

‘दुई वर्ष तलका बालबालिकाको शारिरीक तथा मानसिक विकासका लागि शिशु स्याहार केन्द्रहरु भूंमिका निकै महत्वपूर्ण रहने गर्दछ’–जिसिले भने । केन्द्रका लागि आवश्यक सहयोग प्रदान गर्नका लागि आफु तत्पर रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा केन्द्रलाई सहयोग गर्दै आएका सहयोगिहरु केन्द्रका निवर्तमान अध्यक्ष विष्णु अधिकारी, धर्मराज खड्का, रमेश श्रेष्ठ, कृष्ण गिरी, मित्रलाल पहारी, कमल भुजेल, साइनिङ्ग स्टार आवासिय विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।

सोही समारोहमा वडा नम्बर ६ का अध्यक्ष समेत रहेका बटरफ्लाई फाउण्डेशनका उपाध्यक्ष जगत पहारीले केन्द्रको सहयोगका लागि नगद १ लाख, स्थानिय सहयोगि कमल भुजेलले १० हजार रुपैयाँ, मित्रलाल पहारीले ५ हजार रुपैयाँ, नौमती पुनले ५ हजार रुपैयाँ, अर्जुन पाण्डेले ५ हजार रुपैयाँ , भिमसेन भुजेलले ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव राजुबहादुर कोइरालाले कार्यप्रतिवेदन तथा कोषाध्यक्ष अनिल थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रमा ९ लाख १४ हजार रुपैयाँ बचत भएको जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष श्रीकृष्ण अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment