पोखरामै पहिलो पटक शिक्षक फुटसल टुर्नामेन्ट हुने

पोखरा । पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ सुमधुर सम्वन्ध स्थापना गर्ने उद्देश्यका साथ सगरमाथा स्कुलमा उक्त टुर्नामेन्ट हुन लागेको हो ।

प्रतियोगिता असोज ५ र ६ गते बि फिट फुटसल मैदान, गणेश टोलमा हु“दै छ । पहिलो पटक हुन लागेको सो खेलको विजेताले १५ हजार रुपैयाँ तथा ट्रफि मेडल प्राप्त गर्ने छन् भने प्रतियोगिताको उपविजेताले १० हजार रुपैयाँ सहित ट्रफि मेडल प्राप्त गर्ने छन् । उक्त प्रतियोगिताको टिम दर्ता रकम ३ हजार रुपैयाँ राखिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment