रहेनन् चर्चित कलाकार बीएस राणा

पोखरा । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको आज निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको थियो। राणा केही समयदेखि बिरामी रहेका थिए ।

राणाको उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो ।उनको ७८ बर्षको उमेरमा निधन भएको हो उनले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो ।

वि।सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment