नेपाल विद्यार्थी संघका विद्यार्थीद्धारा पोखरामा भ्रष्टाचार विरोधी अभियान संचालन

पोखरा। अहिले देशभरीनै नै जरा गाडेर रहेको भ्रष्टचारको भ्रष्टाचार विरोधी अभियान पोखरा बाट सुरु भएको छ । सोमबार पोखरामा नेपाल विद्यार्थी संघका विद्यार्थीले भ्रष्टाचार विरोधी अभियान संचालन गरेका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट शुरु भएको अभियान सोमबार वीपी चोक, शहिदचोक, एयरपोर्ट, तालचोक र पोखरा विश्वविद्यालयमा संचालन गरियो । ती स्थानहरुमा सरकारको विरोध गर्दै भ्रष्टाचारीलाई प्रवेश निषेध लेखिएको कालो व्यानर टाँसिएको छ ।

नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुलाई ब्यानर हस्तान्तरण गरि अभियान शुरुवात गरेका हुन् ।

कार्यक्रममा महासमिति सदस्य गुरु बरालले भ्रष्टाचारका कारण मुलुक बर्बाद भएको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक बताए । यो अभियान पोखराबाट शुरु भएको भएपनी ‘यसलाई देशव्यापी बनाउन आवश्यक रहेको बरालले जानकारी दिए ।
तस्बीर ः सामाजीक संजाल

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment