लमजुङमा ट्याक्टर र्दुघटनामा परि दुई जना घाइते

पोखरा । लमजुङको बेशिसहर –११ रियालीमा ट्याक्टर र्दुघटना हुदा दुई जना घाइते भएका छन् ।

रियालीको भित्री सडक खण्डमा चितिबाट शेरातर्फ जादै गरेको ग १ त ४००९ नंम्बरको खाली ट्याक्टर अनियत्रीत भई १०० मिटर तल खसेको थियो । दुर्घटनामा परि लमजुङ बेशिसहर ११ रियालीका २९ वर्षीय सन्तोष मिजार र २४ वर्षीय सुभास बिष्ट घाईते भएका छन् ।

घाईतेलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल लमजुङ पठाईएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment