लाहाचोकको वानेटाकुरमा हुने ‘महामेला’को तयारी तिव्र

लाहाचोक । माछापुच्छ्रे ४ लाहाचोकमा माघ २७ गतेदेखि हुने महामेलाको तयारी तिव्र पारिएको छ । वानेटाकुर धार्मिक संरक्षण समितिका सचिव तथा महामेला संयोजक पानबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार माघ २७ गतेदेखि फागुनको २ गतेसम्म महामेला र २२ गतेदेखि महाशिवपुराण चल्ने छ ।

वानेटाकुरमा रहेको शिवमन्दिरमा हरेक वर्ष मेला लाग्दै आए पनि यस वर्ष महामेला गर्ने धार्मिक क्षेत्र संरक्षण समितिले निर्णय गरेको हो । महामेलाको माध्यमबाट धार्मिक तथा पर्यटकिय महत्व वोकेको वानेटाकुरको प्रवद्र्धन गर्ने आयोजकको लक्ष्य छ ।

गाउँपालिकामा रहेका पातिखोला गुफा, २२ धारा लगायतका क्षेत्रहरुको प्रचार प्रसारमा महोत्सव फलदायी हुने वानेटाकुर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष केशव अधिकारीको विश्वास छ । पछिल्लो समय मन्दिरलाई कलात्मक रुपले सिँगारिएको छ । डाँडाको सिरानमा रहेको शिव मन्दिरवाट दृश्यावलोकन गर्दा रमणिय देखिन्छ ।

महामेलामा निःसन्तान दम्पतिले सन्तान प्राप्तिको कामनाका लागि रातभर जागा भएर भगवान शिवको मन्दिर नजिकै ठाडो बत्ती बाल्न पाउने व्यवस्था, चौरासी पूजा, सामुहिक ब्रतबन्ध तथा ग्रहशान्ति पनि गरिने आयोजकले जनाएको छ ।

मेलामा भजन चुट्का प्रतियोगिता, रत्यौली प्रतियोगिता, दोहोरी प्रतियोगिता, स्व.मिनराज स्मृति कप गाउँ स्तरीय खुल्ला भलिबल प्रतियोगिता, हेलिकप्टरवाट दृश्यावलोकन, हाँस्यव्यग्य प्रहसन, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोट प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक र पुरातात्विक स्थलको अवलोकन समेत गर्न पाईनेछ ।

मेलामा माछाका विभिन्न परिकार तथा स्थानीय उत्पादनहरुको बजारिकण गरिने वताईएको छ । मेलावाट वचत भएको रकमवाट दिवा वृद्धाश्रम खोल्ने योजना रहेको आयोजकले जानकारी दिएको छ ।

मेला भव्य र सभ्य वनाउनका लागि मेलाको मुख्य प्रायोजक सन्तति नाथु प्रल्हादको परिवार देवान सिंह (थाइला सुबेदार ), सह-प्रायोजक दावाङ्छु र नन्दा शेर्पा (शेर्पा परिवार,हाल काठमाण्डौं), तुलप्रसाद भण्डारी (स्व.आमा बुवाको स्मृतिमा,हाल पोखरा)उप-प्रायोजकमा मर्दिखोला कृषि सुनचाँदि पसल धोबिगौडा, डा अब्दुल रहमन वानो (मुम्वई),भुपेन्द्र-शान्ता कुवँर (हाल काठमाण्डौं), लाहाचोक(माछापुच्छ्रे) काठमाण्डौ सम्पर्क समाज, अर्जुन शाही/मनोज शाही, लाहाचोक कोरिया सम्पर्क समाज प्रायोजकमा सुबेदार बजिरमान गुरुङ/मसिना गुरुङ, नौमति बाजामा नृत्यको प्रायोजक कलाकार भुपेन्द्र सुनारलगायतले सहयोग गरेका छन् ।

मेला सम्पन्न गर्नका लागि युवा समाजसेवी पानबहादुर क्षेत्रीको संयोजकत्वमा लाहाचोकका विभिन्न समितिमा आवद्ध व्यक्तिसहित ३ सय ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment