ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको वनभोज कार्यक्रम 

काठमाण्डौं । विगत १५ वर्षदेखि जापानका विभिन्न शहरहरुमा उच्च शिक्षा हाँसिल गर्न चाहाने हजारौ विद्यार्थीहरुको सपना साकार पर्दै आएको ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनले आफ्ना विद्यार्थीहरुसँगको सम्वन्ध सुमधुर बनाउन विविध कार्यक्रमको आयोजना गर्दै आएको छ । जसअन्तर्गत वार्षिक क्यालेन्डर कार्यक्रम अन्तरगत वनभोज कार्यक्रम पनि समावेश गरेको छ ।

जसबाट ग्लोबल म्यानेजमेन्ट फाउन्डेसन र विद्यार्थीविचको सम्वन्ध प्रगाढ हुने अपेक्षा गरिएको छ । वनभोज कार्यक्रम अन्तर्गत शनिवार धुलिखेल काभ्रेमा वनभोज कार्यक्रमको आयोजना गरेको छ । फाउण्डेसनले सम्पूर्ण विद्यार्थीहरुलाई वनभोजको लागि हार्दिक आमन्त्रण समेत गरेको छ ।

काठमाण्डौंको चक्रपथ, महाराजगन्जमा रहेको ग्लोबल म्यानेजमेन्ट फाउनडेसन प्रा. लि. विगत १५ वर्षदेखि जापान अध्ययनमा केन्द्रित परामर्शदातासँग सहकार्य गर्दै आएको छ । अहिले फाउण्डेसनमा जापानमा अध्ययन गर्न जान चाहाने विद्यार्थीलाई लक्षित गरी कक्षा सञ्चालन भईरहेको छ भने जुलाई इन्टेकको लागि भर्ना खुलेको जानकारी संस्थाका प्रवन्ध निर्देशक नारायण सापकोटा जानकारी दिए । जसको विस्तृत जानकारी चाहिएमा ०१-४३७३०४३, ०१-४३७३१०७ मा विद्यार्थीहरुले फोन गर्न सक्ने उनले बताए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment