आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पोखरा फोटोग्राफर संघका सदस्यहरु फोटोग्राफी भ्रमणमा

पोखरा । पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा आज देखि पोखरा फोटोग्राफर संघका सदस्यहरु २ दिने फोटोग्राफी भ्रमणमा निस्केका छन् ।

आन्तरिक पर्यटन प्रबर्धनका लागि भ्रमणमा निस्केको यो टोलीले पुम्दी कोशान्ती स्तुपा ,पुम्दीकोट टावर हुदै कालाबाड. घरेडी होम स्टे जानेछ र त्यो स्थानबाट देखिने प्राकृतीक सौन्दर्यका तस्बिर खिच्दै स्याजाङ्गको साल्मेडांडा,मट्टिखान पुगेर फोटोग्राफी सम्वन्धी अन्र्तकृयात्मक कार्यक्रम गरेर पहिलोदिन को कार्यक्रम सम्पन्न हुनेछ भने दोसा्रे दिन कृष्ती, निर्मलपोखरी भरतपोखरी हुदीकोट हुदै तनहुको कात्रेमा पुगेर यात्रा समापन हुने पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसीराम सुवेदीले बताए ।

आन्तरिक पर्यटन पवद्र्धधनका साथ साथै फोटोग्राफरहरुमा फोटोग्राफी सिप अभिवृद्धि गर्नका लागि हरेक बर्षहरुमा पोखरा फोटाग्राफर संघ पोखरा नेपालले यस किसिमका कार्यक्रमहरुकोे आयोजना गर्ने गरेको छ र गत बर्ष कार्तिकमै चित्रे पंचासे क्षेत्रको फोटोग्राफी भ्रमण समेत गरेको बताउदै यो पटक पोखरा कै नजिकको स्थानलाई भ्रमण टोलीले चयन गरेको सुवेदीले बताए । उक्त भ्रमण अवधिभर फोटोग्राफी सम्वन्धी अन्तरकृया तथा प्राविधिक ज्ञाानका लागी फोटोग्राफर दुर्गा प्रसाद पौडेल र दिनेश महतले सहजीकरण गर्ने कुरा कार्यक्रम संयोजक चन्द्रप्रकाश पोख्रेलले जानकारी दिए ।

आन्तरिक पर्यटकका लागी नयाँ पदमार्गको गन्तब्य हुन सक्ने सम्भावना रहेको यो स्थान शहरदेखि निकै नजिक रहेको छ । आन्तरिक पर्यटन प्रबद्र्धका लागि फोटोग्राफी नाराका साथ निस्केको फोटोगा्रफरहरुको टोलीले भ्रमणका क्रममा खिचेका तस्बिरहरुलाई प्रर्दशनी समेत गर्दै आएको छ । यो पटक बिशेष गरि महिला फोटोग्राफरहरु सहित ३० जना सदस्यहरुको सहभागिता रहेको कुरा महिला उप समिति संयोजक ईन्दिरा शर्माले बताईन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment