आज दशैँको सातौ दिन फूलपाती

पोखरा । वडा दशैको सातौ दिन आज फुलपाती हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउदैछन् । दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा सुभसाइतको रुपमा फुलपाती भित्र्याउने चलन छ ।

उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत शुभसाइतका रुपमा विधिपूर्वक भित्र्याइन्छ । फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाण्डूको जमलसम्म ल्याउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द हुनेछन् ।

आजदेखि हिन्दु नेपालीहरु परिवारसँग बसेर दुर्गा भवानीको पूजा गरेर हर्सोल्सासका साथ दशै मनाउन जुट्ने भएका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment