पति छाडेकी यी नायिकाले गर्ने भइन् दोस्रो बिहे

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले अभिनेता अर्जुन कपूरसँग विवाह गर्ने भएकी छिन । उनीहरूको बिहेको मिति तय भएको छ ।

मलाइका अरोडा र अर्जुन कपूरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका हुन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ ।

यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।

अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन । मलाइकाले अरबाज खानसँग डिभोर्स गरेकी हुन ।

विवाहको तयारी जोडतोडका साथ शुरु भइसकेको छ । उनीहरूले क्रिश्चिय रितिरिवाजमा विवाह गर्ने बताइएको छ ।

यता मलाइका अर्जुनले तयारीमा लागेका सबैलाई विवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बताइन्छ । एजेन्सी