आमा….( सायद आज त्यो पोष्ट हुँदैनथ्यो…! ).

aama

 

jayakar
जयकार आक्रोश, नवलपरासी पूर्व

 

कार्यकक्षमै थिएँ.., फेसबुकका भित्तामा नजर पुर्याएको आमाहरुले भरिएको रहेछ ।

“पहाडको त्यो सानो गाउँमा ः श्रीमान घरबाट प्रदेशिएको वर्षौ वित्दा समेत कहाँ छ पत्तो नभएको अवस्थामा ः ससुरा र सौतेनि छोराले छुट्याईदिएर बालखा एक छोरि र छोरालाई एक्लै, अर्काको मेलापत गर्दै.., जिन्दगीका हरेक दुःख कष्टलाई सहँदै हाम्रालागि आँशु पिएर, थकानका शुस्केरा पनि भुलाएर फिस्स्स हाँसो छर्दै …जिन्दगी बाँच्न सिकाईरहेकि मेरी आमा….!”

“आँफु हुनुमा गर्व गर्न बाध्य बनाएकि छोरिको अचानकको मृत्युले परिवारमा छाएको सन्नाटालाई फेरि खुसि भर्न सकिन्छकि भनेर, वर्षौ लडिबुडि गरेको त्यो गाउँ र विना फिक्रि स्वस्च्छ अक्सिनले प्राण सिन्चित गरेको त्यहाँको हावा, यि सबैलाई छाडि अपरिचित मान्छेको बिचमा परिवारको एउटा राम्रो परिचय स्थापित गर्दै जाँदा, फेरि आफ्नै ठूलो छोरा महिनौ सम्म सम्पर्कमा नआउँदा..आशाका आँशु ढिक्कालाई निरन्तर बगाउँदै खुसिको खोजि गरिरहेकि मेरी आमा…!”

“विगतका सम्पूर्ण पिँडाहरुलाई पछ्यौरिको एउटा कुनामा गाँठो पारेर, जिन्दगीको हरेक मोडमा आउन सक्ने जुनसुकै प्रस्थीतिमा लड्नकोलागि सिकाई रहेकि मेरी आमा….!”

शरिरको सम्पूर्णतामा जन्मदिने आमाको भन्दा धेरै अरु कसैको हक अधिकार हुन मिल्छ ?

मैले बाँच्ने तरिका सुधार गर्न नसक्नाले नै मैले बाँच्न सिकाएकि आमालाई ढुक्क सँग भन्न सकिरहेको छैन आमा चिन्ता नगर तिम्रो छोरो छ ।

बदल्नु समाज छैन, बदल्नु परिवार पनि छैन,
बदल्नु छ त बस आँफुलाई, आफ्नो जिउने पद्यतिलाई ।

भोक लाग्यो भनेर मुखले नभन्दै, खाना खुवाएर हुर्काएकि आफ्नै आमालाई भौतिक दुरि र भौतिक दुरि पछि निम्तिएको परिस्थितिको बहाना बनाएर आमा हजुरलाई भेट्न सकिन भन्दै पोष्ट्याउनुको साटो,

कम्तीमा आमाले मलाई दिएको मायाँलाई यहाँका हरेक जिवजन्तुसँग बाँड्न सकेको भए सायद आज त्यो पोष्ट हुँदैनथ्यो ..!

व्यक्तिगत स्वार्थभन्दा समाजकोलागि मैले सोँच्न जानेको भए सायद आज त्यो पोष्ट हुँदैनथ्यो ..!

मैले धर्मलाई ढोंग ठानेर, व्यापारिहरुको विज्ञापनलाई सत्य मान्दै नैतिकताको युद्धमा समेत पराजित नभएको भए सायद आज त्यो पोष्ट हुँदैनथ्यो …!

मैले आमालाई भगवान मान्ने संस्कारलाई व्यवहारमा उतारेको भए सायद आज त्यो पोष्ट हुँदैनथ्यो ..!

यो अनमोल जिवनदिने आमालाई प्रति बस् वफादार मात्र बन्न सकेको भएपनि सायद आज त्यो पोष्ट हुँदैनथ्यो ..!

.“….फोन त गरेन तर फेसबुकमा चैँ खुब के के लेख्या रैछ..” मनमनै मुस्कुराईरहनु भएकी मेरी आमा…