महिलालाई क्रिस्टलबाट चुरा बनाउने तालिम

पोखरा । क्रिस्टल र स्टोनबाट चुरा बनाउने ३ दिने तालिम आइतबार सम्पन्न भएको छ । स्वस्तिक हस्तकला उद्योग बगरको आयोजना र गुरुङ व्युटी एकेडेमी न्युरोडको संयोजनमा तालिम आयोजना गरिएको हो ।

तालिममा १५ जना महिलाहरु सहभागी भएको स्वस्तिक हस्तकला उद्योगका सञ्चालक सीता गुरुङले जानकारी दिइन् । उद्योगले विभिन्न समयमा तालिमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै उनले तालिम निकै उपयोगी रहेको बताईन् ।

महिलाहरुको क्षमता अभिबृद्धि गरी आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गुरुङ व्युटी एकेडेमीका सञ्चालक चिनु गरुङले बताइन् । ‘क्रिस्टल र स्टोनबाट बनेका चुराको बजारमा राम्रो माग छ,’ उनले भनिन्, ‘तालिममा सहभागीहरु आधुनिक चुरा बनाउन सक्षम बनेका छन् ।’

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी देवी जिसीले महिला उद्यमको विकासका लागि तालिमहरु प्रभावकारी हुने धारणा राखिन् । घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५ का अध्यक्ष तथा प्रमुख प्रशिक्षक शान्ति शर्माले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गीता तिवारी, लायन्स क्लब अफ पोखरा व्युटी सिटीका अध्यक्ष सीता केसी, सिद्धार्थ राजमार्ग टोल विकास संस्थाका उपाध्यक्ष तुलसी श्रेष्ठ, व्यवसायी विना गुरुङ लगायतले बोलेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment