१६ वर्षमुनिको एसिया कप : नेपालले भारतसँग अंक बाँड्यो,

काठमाण्डौं । १६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिचको खेल २–२ को बराबरीमा सकिएको छ । ७६ औँ मिनेटमा नेपालका ब्रृजेश चौधरीले गोल गरेर अग्रता दिलाए पनि भारतले त्यसको ६ मिनेट पछि नै गोल फर्काएको थियो ।

८५ औँ मिनेटमा भारतले अर्को गोल थप्दै अग्रता लियो त्यसको २ मिनेट नबित्दै नेपालका ब्रृजेश चौधरीले गोल गरेर खेल बराबरी बनाएका हुन् । समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको थियो ।

नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । इराक ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । भारत ४ अंकसहित दोस्रोमा र १ अंकसहित नेपाल तेस्रो स्थानमा छ । प्यालेस्टाइनले आफ्नो दुबै खेल हारेको छ । आइतबार नेपाल र प्यालेस्टाइनबिच खेल हुनेछ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment