राइजिङ स्टार युवा क्लबको १० औं रक्तदानमा ४४ युनिट संकलन

पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं.२७ रिठेपानीमा रहेको राइजिङ स्टार युवा क्लबको २१ औं वार्षिकोत्सवका अवसरमा आयोजित १० औं खुला रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा पहिलो रक्तदाताको रुपमा रक्तदान गरी वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले रक्तदानले अरुको पनि जीवन बचाउन सहयोग पुग्ने भएकोले रक्तदान सबैभन्दा ठूलो मानवीय सेवा भएको बताए । क्लबले पछिल्लो समयमा गरेका कार्यक्रमहरु सेवामुखी भएकोमा प्रशंसा गर्दै युवाहरुलाई भावी दिनहरुमा अझै सामाजिक रचनात्मक कार्यमा लाग्न आग्रह गरेका थिए ।

क्लबका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग गरेको थियो भने कार्यक्रम सन्चलान क्लबका सचिव श्याम खनालले गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment