धर्मशिशु बनाउने नाममा श्रीलंकाका ११ हजार बालबालिका बेचिए

श्रीलंका । श्रीलंकामा ११ हजार बालबालिकालाई धर्मपुत्र र पुत्री बनाउनेनाममा समुद्रपार बिक्री गरिएको खुलासा भएको छ । सन् १९८० को दशकमाश्रीलंकामा जन्मिएका हजारौं बालबालिका विक्री गरीएको एउटा डच वृत्तचित्रमा श्रीलंकाका उच्च अधिकारीहरुले यो तथ्य स्वीकार गरेका हुन् ।

दुवै पक्षलाई नक्कली कागजात दिएर ११ हजार बालबालिका विभिन्न युरोपेली मुलुकमा बिक्री गरिएको हो । श्रीलंकाका स्वास्थ्यमन्त्री डा. रजिता सेनेरत्नेले नेदरल्यान्ड्सको समसामयिक टेलिभिजन कार्यक्रम ‘जेम्ब्ला’सँग ती बालबालिकाका वास्तविक आमाहरु पत्ता लगाउन डीएनए डाटाबेस स्थापना गरिने बताए ।

नेदरल्यान्ड्समा मात्र करिब ४ हजार बालबालिका विभिन्न परिवारमा छरिएका छन् भने बाँकीलाई स्विडेन, डेनमार्क, जर्मनी र बेलायत र्पुयाइएको छ । वृत्तचित्रमा एक महिलाले आफूलाई आमाका रुपमा प्रस्तुत हुनका लागि अस्पतालसँग सम्पर्क रहेका कुनै व्यक्तिले ३० डलर दिएको बताएकी छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment