पोखराको सिमलचौरमा जनप्रिय हस्पिटल खुल्यो, निःशुल्क परिक्षणमा छातीका बिरामी बढी

पोखरा । पोखरा ८ सिमलचौरमा पोखरा जनप्रिय हस्पिटल सञ्चालनमा आएको छ । २५ शैयाको अस्पतालले बिहीबारदेखि निःशुल्क बिरामीको परिक्षण गरि सेवा सुरु गरेको हो । केहि बर्ष देखि बाल उपचार केन्द्रका रुपमा सञ्चालन हुदै आएको ठाउँमा नै अस्पताल सञ्चालन गरेको जनप्रिय हस्पिटलकी निर्देशक सुष्मा खनालले जानकारी दिइन् ।

उनले अस्पतालमा विशेषज्ञ सेवा, नवजात शिशुलाई देखिने जण्डिसको बिजुलीमा सेकाई गरिने उपचार, ईमरजेन्सी सेवा, अत्याधुनिक प्रयोगशाला, गुणस्तरीय औषधि भिडियो एक्स रे, इसिजि तथा इको कार्डियाग्राम लगायतको सेवा उपलब्ध हुने बताइन् । उनले सबै विशेषज्ञ सेवा उपलब्ध हुने बनाइन् । ‘उपचारमा आउनेहरुले सेवा सुविधा थप गर्न माग गरे,’ खनालले भनिन् ‘बालउपचार केन्द्रबाट सुरु भएको सेवा अस्पताल बनाएर सेवा विस्तार गरेका छौ ।’

बिहीबार भएको निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा १ सय ८७ जनाले सेवा लिएका छन् । परिक्षमा छाती र घाटीमा समस्या विरामी सबै भन्दा बढि आएको बरिष्ठ बालरोग विशेषज्ञ तथा अस्पतालका अध्यक्ष यज्ञराज सिग्देलले जानकारी दिए । उनले त्यसै गरि मौषमी छाला रोग, महिलाहरुमा पाठेघरको समस्या र थाइराडका बिरामी उपचारका लागि आएको बताए । ‘मौषम परिर्वतनका कारण धेरैमा छाती र घाँटीको समस्या देखियो,’ सिग्देलले भने ‘सबैलाई पानी उमाले मात्रै खान सुझाब दिए ।’

बिहीबार बरिष्ठ बालरोग विशेषज्ञ यज्ञराज सिग्देल, स्त्रीरोग विशेषज्ञ चुममाया पुन, हाडजोर्नि तथा नसारोग विशेषज्ञ दिपेन्द्र गुरुङ र दिवश कटुवाल, नाक कान तथा घाँटी विशेषज्ञ आकाशमणी भण्डारी र फिजिसियन सुरज बरालले परिक्षण गरेका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment