पाँचौं सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता असोज २३ गतेदेखि

सुरज क्षेष्ठ/पोखरा । आगामी असोज २३ गते देखि सर्वाधिक पुरस्कार राशीको पाँचौं सिम्पानी कप सेभेन ए साईड फुटवल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको र विकासका लागि खेलकुद’ भन्ने नाराको साथ त्रि–शक्ति समाज सेवा क्लवको आयोजनामा असोज २३ देखि संचालन हुने प्रतियोगितामा आयोजकको ३ टीम सहित ३५ टीमको सहभागिता रहने त्रि–शक्ति समाज सेवा क्लवका अध्यक्ष बासु जि.सी.ले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ । त्यस्तै अनुशासित टिम, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने खेलकुद संयोजक मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार रुपैयाँ रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख ६५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने ९ लाख ७० हजार रुपैयाँ आम्दानी हुने आयोजकको अपेक्षा छ । प्रतियोगिताबाट बचत भएको रकमले क्लबको भवन मर्मतमा खर्चिने कार्यक्रममा अध्यक्ष जि.सी.ले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment