दाजुभाइको सम्वन्ध छुट्यो पैसाले (भिडियोसहित)

पोखरा । पछिल्लो समय लोक संंगीतको क्षेत्रमा सुन्न, गाउन र हेर्न लायक एउटा गीत हो मेरी आमा । जुन गीतमा जीवनका यथार्थ घट्नाहरु समावेश गरिएको छ । पैसाका कारण आफ्ना वावु, दाजुभाई तथा आफन्त टाढिएको यथार्थ पिडालाई गीतमा प्रस्तुत गरिएको छ ।

वाउले भन्छन् ५/६ लाख रिनै छ
त पढेको मेरी आमा खर्च नी दिनै छ ।
एउटै घरको फरक चुलो भो,
दाजुभाई नी मेरी आमा कहाँ आफ्नो बन्थे र सबैभन्दा पैसै ठुलो भो ।।

मानिसको वास्तविक जीवन भोगाईका कथा व्यथा गीतमा उतारेर दर्शक श्रोताको मनमा बस्न सफल नेपाली लोक संगीतका धरोहर, गायक तथा सर्जक रामप्रसाद पौडेलको एकल स्वरमा सजिएको गीत हो यो । रामप्रसाद पौडेलको स्वर, लय र शव्द रहेको मेरी आमा बोलको यो गीत निकै मर्मस्पर्शी र भावुक छ । एकपटक यो गीत सुन्ने र हेर्नेको आँखामा आँसु नआउने दर्शक श्रोता सायद विरलै होलान् । सो कुरा युट्युवमा गरिएका कमेन्टबाट पनि स्पष्ट हुन्छ । आमा र छोराको निकै वियोगान्त भाव बोकेको यस गीतले बल्ल नेपाली समाजको यथार्थ चित्रण गरेको प्रस्ट देखिन्छ ।

धन र पैसा ठुलो भो किन
आफ्नै भाईले मेरी आमा भन्छन् दाई चिन्दिन ।
एउटै घरको फरक चुलो भो,
दाजुभाई नी मेरी आमा कहाँ आफ्नो बन्थे र सबैभन्दा पैसै ठुलो भो ।।

पैसा कसले बनायो ? यो धेरैको मनमा उव्जने प्रश्न हो । यसको आधिकारिक जानकारी कतै नभेटिए पनि नेपाली गीत संगीतमा भने पैसालाई माध्यम बनाएर गाईएका गीतहरु चर्चाको शिखरमा छन् ।

आफु गरिव भएपछि सम्वन्ध र इज्जत पनि पैसासँग तुलना गरिएको मार्मिक शव्दहरु यो पनि गीतमा समावेश गरिएको छ ।

आउन जान बोल्न नी बन्द
पैसै रैछ मेरी आमा इज्जत र सम्वन्ध ।
एउटै घरको फरक चुलो भो,
दाजुभाई नी मेरी आमा कहाँ आफ्नो बन्थे र सबैभन्दा पैसै ठुलो भो ।।

चाहे लोक गीत, तीज गीत हुन् या आधुनिक, मार्मिक र जीवनका यथार्थ चित्रण बोकेका शव्दहरुको संगालो गरेर बजारमा निस्किएका गीतहरुले आम दर्शक श्रोताको मन जित्न सफल भएकै हुन्छन् ।

माताश्री म्युजिक कम्पनीले बजार व्यवास्थापन गरेको यस भिडियोमा राम प्रसाद पौडेल, राधिका पौडेल र बाल कलाकार नेतेश पौडेलको अभिनय देख्न सकिन्छ ।

विक्रम चौहानको निर्देशन, बासु बरालको छायांकन र मिलन विकको सम्पादन रहेको यस भिडियोलाई वि.स्टार फिल्मसले निर्माण गरेको हो ।

बाँचुभन्दा मर्छु बरु
रुदै-रुदै मेरी आमा बिताुछ दिनहरु
एउटै घरको फरक चुलो भो,
दाजुभाई नी मेरी आमा कहाँ आफ्नो बन्थे र सबैभन्दा पैसै ठुलो भो ।

पैसाको कारणले समाजमा धेरै घटनाहरु घटेको देखिन्छ । पैसा मानिसको जीवनको आधारभूत आवश्यकता त हो नै, जे काम गर्दा पनि पैसा नभई प्राय चल्दैन् । तर पैसाको लागि दुई नम्वरी काम गर्नुपर्छ, आफ्नो स्वाभिमान, इमान सव कुरालाई दाग लगाएर कमाउनुपर्छ भन्ने धारणा केहि व्यक्तिको मानसपटलमा आएको हामीले देखेका छौं । तर अहिले हाकाहाकी पैसा ठगेपछि घर परिवार, आफन्त सबै टाढा भएका प्रशस्त उदाहरण भेटिन्छन, हाम्रो गाउँ समाजमा ।

हुन त मानिस खाली हात जन्मन्छ, खाली हात जान्छ, तर उसले जादा केहि लैजादैन, आफ्नो जीवनमा आईपर्ने समस्या समाधानको लागि एउटा आवश्यकताको रुपमा हेरौं पैसालाई तर पैसालाई सर्वस्व ठानेर पैसाकै कारण इज्जत र सम्बन्ध टुटाउने मानसिकताको अन्त्य हुन भने जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment