विन्ध्यवासिनी मन्दिरमा माछापुच्छ्रे लायन्सको सरसफाई

पोखरा ।लायन्स क्लब अफ माछापुच्छ्रे शसस्त्र प्रहरी बल कालिका गण र लियो क्लब अफ माछापुच्छ्रेको आयोजनामा विन्ध्यवासिनी मन्दिर परिषद सरसफाई गरेको छ । संविधान दिवसको अवसर पारे भएको कार्यक्रममा विन्ध्यवासिनी मन्दिर वरपरका भएका फोहोरहरु संकलन गरेको थियो ।

वरपर सरसफाईका क्रममा करिब ए क ट्क्टर फोहोर संकलन भएको लायन्स क्बल अफ माछापुच्छ्रेका अध्यक्ष दिपेन्द्र प्रताप चन्दले जानकारी दिए । सोही अवसरमा विन्ध्यवासिनी धार्मिक समितिका लागि डस्बिन हस्तान्त्ररण गरेको थियो । कार्यक्रममा शसस्त्र प्रहरी कालिका गण एसपि भिमबहादुर थापा र लायन्स कोस्टर नम्बर ३ का सिनियर एओजी रामचन्द्र पोख्रेरले उद्घाटन गरेका थिए ।

सरसफाईमा कालिका गण, लायन्स र लियोबाट करिब ७० जनाको सहभागीता रहेको थियो । बिहीवार देखि शुरु हुने विजया दशमीलाई लक्ष्त गरि सरसफाई गरेको क्बलका सचिब पुर्ण न्यौपानेले बताए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment