दुई लाख २६ हजार रुपैयाँसहित ६ जना जुवाडे पक्राउ

तारा पौडेल/पोखरा । कास्की प्रहरीले तास खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ । दुई लाख २६ हजार छ सय १५ रुपैयाँ र चार बुक ताससहित उनीहरु पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङगास्थित शम्सेर गुरुङको घरमा जुबातास खेलिरहेका छन् भन्ने गोप्य खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले आईतवार उनीहरुलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा पोखरा लेखनाथ महानगरपालिका बडा नं १५ टुटुंगा बस्ने घरधनी ६० वर्षीय को शम्सेर गुरुङ, पोखरा लेखनाथ १६ दिप बस्ने ५७ वर्षीय बालकृष्ण गुरुङ, सोही ठाउँ बस्ने ५९ वर्षीय ओमबहादुर गुरुङ, बाटुलेचौर बस्ने ५९ वर्षीये ईमानसिहं गुरुङ, पोखरा लेखनाथ महानगरपालिका १ बगर बस्ने ६९ वर्षीय शेरबहादुर गुरुङ र पोखरा लेखनाथ महानगरपालिका १४ चाउथे वस्ने ६७ वर्षीय यामबहादुर क्षेत्री रहेका छन् ।

पक्राउ परेकाहरुलाइ कास्की जिल्ला अदालतबाट जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment