आर्थिक विकास आयोजनाको मस्यौदाबारे गोष्ठी

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक विकासमा प्रत्यक्ष असर गर्ने विभिन्न परियोजनाहरुको वर्गिकरण (लिष्टिङ) गरिएको छ । आर्थिक विकास योजनाको मस्यौदा प्रतिवेदनबारे सोमवार प्रस्तुती कार्यशाला कार्यक्रममा लिष्टिङ गरिएका योजनाबारे जानकारी दिइएको हो ।

लिष्टिङ गरिएका योजना कार्यान्वयन भए पोखराले आर्थिक विकासमा फड्को मार्न सक्ने बताइएको छ । पोखरा लेखनाथ महानगरपालिकाको आयोजना र इपिआईको सहयोगमा परियोजना तयार पारिएको हो । योजनाहरुमा दिपाङ्घ तालको सम्र्वद्धन, विकास तथा संरक्षण, वसुन्धरा पार्कको सौन्दर्यकरण, पर्यटकको बसाई लम्व्याउने गरी पोखरा, लुम्विनी कनेक्सन, पर्यटन प्रर्वद्धन, हल्लनचोकस्थित क्याम्पिङ चौरलाई पार्किङ र सौन्दर्यकरण, रत्नमन्दिरलाई पर्यटकको निमित्त प्रवद्धन गरि आयआर्जन गर्न सकिने गरि योजना लिष्टिङ गरिएको पोखरा लेखनाथ महानगरपालिकाका योजना महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले बताए ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले विकासका लागि कुरा धेरै भएकाले अव नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए । ‘पोखराको विकासमा कुरा धेरै भए अब, नतिजा आउने गरि काम गरौ’उनले भने । योजना आयोगका पूर्व उपाध्यक्ष सन्तोष शर्माले नीजि क्षेत्र र जनता सहयोग गर्न तयार भएकाले काम गर्न सजिलो हुने भन्दै आफनो तर्फबाट आवश्यक सहयोग रहने बताए । पोखरा लेखनाथ महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा पर्यटकीय शहरसंगै आर्थिक रुपमा सम्भावनाले भरिएको शहर भएको बताइन् ।

पोखर लेखनाथ महानगरपालिकका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखराको आर्थिक विकासमा सम्भावना धेरै रहेको बताउँदै विभिन्न खाले विरोधले विगारेको बताए । उनले योजना कार्यान्वयनमा कसरी जाने भन्नेमा स्पष्ट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापा, वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, वडा नम्वर २४ का अध्यक्ष ओम सुवेदी, वडा नम्वर २८ का अध्यक्ष निर्मल दियाली, वडा नम्वर ३१ का अध्यक्ष कमलबहादुर थापा, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शहरी विकास कार्यालय पोखराका डिभिजन प्रमुख किशोरलाल महाजु लगायतले पोखराको विकासका लागि सवैलाई समेटेर र विभिन्न ठाँउको महत्वलाई बुझेर योजना बनाउन सुझाव दिए । कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको थियो भने संचालन प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले गरेका थिए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment