आमा……….मन छुने कविता

अभिमन्यु पाण्डे
आमा त मेरो पनि थिइन
फोटो म सङ्ग पनि थ्यो
फरक यत्ती हो
सबैले फेसबुक रङ्गाउन सङ्गै सेल्फी खिचे
मैले फोटो समेत तपाईं सङ्ग खिच्न पाइन
किनकी
तपाईं हुदा सेल्फी खिचिन
सेल्फी हुदा तपाईं भेटिन
अनि
मन भरी माया भएर के गर्नु आमा
तपाईं नै यो संसारमा नभएसी
म एक्लै बाचेर पनि के गर्नु आमा
तर
अब त एक्लै जिउन जानिसके
आफुलाइ भाग्यमानी ठानिसके
किनकी
थुप्रै नेपाली आमाको पीडा म बुझ्ने गर्छु
उहाहरुलाइ नै तपाईं सम्झेर पुज्ने गर्छु ।।