देउवा मन्त्रीमण्डल ५६ सदस्यीय,दुई मन्त्री थपिए

काठमाण्डौं ।प्रधानमन्त्री शेरबहा देउवाले छैटौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गरेका हुन् ।

राप्रपा प्रजातान्त्रिकबाट विराज विष्ट विज्ञान प्रविधि र कमला शर्मा वन राज्यमन्त्री नियुक्त भएका छन् । दुबै राज्यमन्त्रीले आज नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

यो विस्तारसँगै देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment