रोमानियामा आँधिका कारण ८ जनाको मृत्यु

रोमानिया । रोमानियामा आएको शक्तिशाली आँधीमा परेर ८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६७ जना घाइते भएका छन् । प्रतिघण्टा एक सय किलोमिटरको दरले आएको आँधीले रोमानियाको तिमीसोएरा शहर बढी प्रभावित भएको छ ।

आँधीले अधिकांश घरका छाना उडाउनुका साथै सडकमा रुख ढलेका कारण यातायात सेवा अवरुद्ध भएको छ । खानेपानीको लाइन काटिएको छ भने विद्युत् आपूर्ति पनि अबरुद्ध बनेको छ । आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment