एम्वुलेन्स अभियानमा भवानी अर्यालद्वारा ११ हजार भन्दा बढि सहयोग

पोखरा । स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरीएको आर्थिक संकलन अभियान जारी रहेको छ । नमुना स्वरेक सामाजिक कोष कतारको पहल तथा नुमना स्वरेक सहयोगी समाज स्याङजाको स्थानीय समन्वय एवं व्यवस्थापनमा अभियान जारीरहेको छ ।

यसै विच भीरकोट नगरपालिका वडा नं ५ स्वरेक तिलाहार नेटा घर भई हाल पोखराको न्युरोडमा रहेको बी एण्ड डी वेवी कलेक्सनका सञ्चालक एवं टाईम फर्मास्युटिकल्स प्रा.लिका म्यानेजर भवानी अर्यालले अभियानको सफलताको कामना गर्दे ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । अर्यालले समाजका अध्यक्ष एवं पत्रकार घनश्याम पाण्डेय लाई चेक हस्तान्तरण गरे । अर्यालले आफुनो गाउँमा एम्बुलेन्स सञ्चालन गर्ने सोच अगाडि सारेर सहयोग गर्ने बातावरण मिलाई दिएको भन्दै धन्यबाद ज्ञापन गरेका छन् ।

अहिलेसम्म अभियानमा १८ लाख घोषणा भएकोमा ९ लाख रकम संकलन भएको समाजका अध्यक्ष पाण्डेयले बताए । पाण्डेयले एम्बुलेन्स लाई दिगो रुपमा सञ्चालन गर्नको लागी अक्षयकोषसमेत निर्माण गरेर एम्बुलेन्स सञ्चालन गर्न खोजेकोले एम्बुलेन्स सञ्चालनमा केही ढिलाई भएको बताए । पाण्डेयले नमुना स्वरेक सहयोगी समाज स्याङजाको खातामा रकम जम्मा गरेर अभियान छिटै सफल बनाई दिन सम्पुर्ण सहयोगीहरुमा आग्रह गरे ।

यसै विच अभियानका संयोजक भेषराज पराजुलीले अभियान छिटै सफल बनाइने बताउदै अभियानमा रकम घोषणा गर्नुभएका तर सहयोग गर्न बाकीहरुको नामवली अब सार्वजनिक गर्नुपर्ने अबस्था सृजना हुन लागेको भन्दै चिन्ता ब्यक्त गरे । पराजुलीले जति सक्दो छिटो घोषणा रकम सहयोग गरेर अभियान सफल बनाउन अनुरोध पनि गरेका छन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment