नेपाल मौरीपालक महासंघ कास्कीको अध्यक्षमा भण्डारी

पोखरा । नेपाल मौरीपालक महासंघ कास्की शाखाको १० औं साधारण सभा तथा पाचौं जिल्ला अधिबेशनले आगामी दुई वर्षको कार्यकालका लागि शिवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष पदका लागि तीन जनाका बिच भएको निर्वाचनमा वर्तमान सदस्य भण्डारी अध्यक्ष पदमा विजयी भएका हुन् । अन्य पदका लागि सर्वसम्वत भएको समितिको महिला उपाध्यक्षमा शान्ता गिरी, खुल्ला उपाध्यक्षमा श्रीभद्र वराल,सचिवमा भिष्म सुवेदी,कोषाध्यक्षमा प्रेम गुरुङ्ग र सदस्यहरुमा नबराज पौडेल, देवि न्यौपाने, पितृराज लामिछाने,नबराज अधिकारी र देवि पौडेल रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बहोराले मौरी, मानव र प्राकृतिका वीच अनोन्यास्रीत सम्वन्ध भएकाले मौरीको संरक्षण विना मानवको जिवननै संकटमा पर्ने धारणा राख्दै मौरीको संरक्षणमा विशेष जोड दिएका थिए ।

नेपाल मौरीपालक महासंघ कास्कीका अध्यक्ष धर्म न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल मौरीपालक महासंघका स्थाङजा,तनहुँ, र लमजुङका मौरीपालक कृषकका प्रतिनिधी तथा जिल्ला अध्यक्षहरुको उपस्थीती रहेको उत्त कार्यक्रममा पुर्व केन्द्रिय उपाध्यक्ष हरिकृष्ण तिवारीले मौरीपालका किसानको हक हितमा काम गर्नका लागि सरकारको तर्फबाट सहयोगको खाचो रहेको सुझाव राखेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment