मुलुकको शक्ति, पहिचान र समृद्धि शिक्षामा निर्भर: थापा, लोकतान्त्रिक शैक्षिक परामर्श संघ कास्कीको परिचयात्मक कार्यक्रम

पोखरा । कानुन न्याय तथा संसदीय मन्त्री यज्ञबहादुर थापाले मुलुकको शक्ति पहिचान र समृद्धि शिक्षामा निर्भर भएको बताएका छन् । हालै कास्कीमा गठन भएको लोकतान्त्रिक शैक्षिक परामर्श संघ कास्कीको परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले व्यवसायीका जायज विषयलाई कानुनमा समेट्ने प्रतिवद्धता जनाए ।

कास्की काँग्रेशका सभापति कृष्ण थापाले संस्थाका शाखाहरु व्यापक रुपमा अगाडी बढाउन आग्रह गरे । पोखरामा शैक्षिक परामर्श केन्द्र सञ्चालन गरिरहेका नेपाली काँग्रेश निकटका सञ्चाकहरुको हालै सम्पन्न भेलाले रमेश थापाको अध्यक्षतामा लोकतान्त्रिक शैक्षिक परामर्श संघ कास्की शाखा विस्तार गरेको हो ।

समितीको सचीवमा महेश पौडेल र कोषाध्यक्षमा बालचन्द्र परियार छन् । सदस्यमा पुर्णचन्द्र न्यौपाने, युवराज पौडेल, गौरव बराल, सन्तोष गुरुङ्ग, रुद्र गिरी र विक्रम बस्नेत छन् । समितीको उपाध्यक्ष पद भने अहिलेलाई रिक्त राखिएको छ ।

यस शाखाले आईतवार गरेको परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रममा कास्की काँग्रेशका सचिव सुदिपमोन भट्टराई, नेता राजेन्द्रमणि लामिछाने लगायतले बोलेका थिए ।

लोकतान्त्रिक शैक्षिक परामर्श संघ कास्की शाखाका अध्यक्ष रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचीव महेश पौडेलले गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment