टाइगर टपमा रहेको शिवशक्ति आधारभुत विद्यालयलाई रोट्रयाक्टद्वारा शैक्षिक सामाग्री वितरण

पोखरा । रोट्रयाक क्लव अफ न्यूरोड पोखरा र रोट्रयाक क्लव अफ तिलोतमा रुपन्देहीको संयुक्त आयोजनामा पोखरा लेखनाथ महानगरपालिका २६ टाइगर टपमा रहेको शिवशक्ति आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लवले गत शुक्रबार विद्यालयमा एक कार्यक्रमका बिच विद्यालयमा अध्यनरत जेहेन्दार तथा आर्थिक बिपन्न ११० जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापक रविप्रसाद बराल तथा विशिष्ट अतिथी रोट्राक्ट जोन फोरका जेडआरआर दीपेन्द्रबहादुर घिमिरेले झोला तथा शैक्षिक सामाग्री वितरण गरेका थिए । साथै क्लवले विद्यालयलाई आवश्यक सेतो पार्टी, डस्टविन तथा लाइब्रेरीका लागी पुस्तक तथा आवश्यक सामाग्री हस्तान्त्रण गरिएको रोट्रयाक क्लव अफ न्यूरोड पोखराका उपाध्यक्ष गणेश भण्डारीले जानकारी दिए ।

क्लवको झोला प्रोजेक्ट अन्तर्गतको चौथो संस्करणको पहिलो कार्यक्रमलाई बाबा फाउन्डेसन, नेपाल मण्डला बुक सप, रोटरी क्लब अफ पोखरा न्यरोड, जियो लाइफ साइन्स लगायतका संस्थाले सहयोग रहेको कार्यक्रम संयोजक सविना अधिकारीले बताइन ।

रोट्रयाक क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विक्रम क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष, प्रध्यानध्यापक, क्लवका अध्यक्ष रोनिया गुरुङ, डिएलटी सञ्जिव पौडेल लगाएतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव गौतम बरालले गरेका थिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment