पोखरा ट्रेड मलको ‘नगद वर्षा’ अन्तर्गत दोस्रो साताको साप्ताहिक नतिजा सार्वजनिक, ५२ जनालाई उपहार

पाेखरा । पोखराको व्यावसायिक भवन पोखरा ट्रेड मलले दशैं तिहार लगयतका पर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘दशैं तिहार उत्सव नगद वर्षा योजना’ जारी छ ।

उपहार योजना अन्तर्गत शुक्रबार दोस्रो साताको साप्ताहिक नतिजा सार्वजनिक भएको छ । लक्की ड्रमा हालसम्म ५२ जना ग्राहकले नगद वर्षा योजनामा रहेको सपिङ भौचर जित्न सफल भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन प्रजापतीको प्रमुख आतिथ्यतामा आयोजित उपहार सार्वजनिक कार्यक्रममा गत हप्ताका विजेता ग्राहकलाई उपहार हस्तान्तरण गरिएको छ । कार्यक्रममा सारेगम कला केन्द्र र सूर्यदय कला केन्द्रका कलाकारहरुको उत्कृट नृत्य प्रस्तुति गरेका थिए ।

मलले चाड पर्वलाई लक्षित गरी ल्याएको उपहार योजनामा मल भित्र जुन सुकै पसलबाट १ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्दा ग्राहकले निःशुल्क उपहार कुपन पाउने व्यवस्था गरिएको छ । साप्ताहिक र बम्पर गरी ५ लाख रुपैयाँसम्म नगद तथा सपिङ भौचर र अन्य आर्कषक उपहारहरु योजनामा समावेश गरिएको मलका कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए ।

यस साताको उपहार अन्तर्गत ५ हजारको सपिङ भौचर कुपन नं. ५०१० जितेका छन् भने ३ हजार रुपैयाँको सपिङ भौचर कुपन नं. ०२२२९, ००७६४ र ४२३६२ ले जितेका छन् । २ हजार रुपैयाँको सपिङ भौचर कुपन नं. ०५३२६, ०१६३०, ०२१११ र ६२८५४ जित्न सफल रहे । १ हजार रुपैयाँको सपिङ भौचर ०३२०१, ०९६२५, ०९९७१ र ०१३४१ जितेका छन् ।

क्युएमएक्स को मुभी टिकट ३१९५४, २९३३१, १८९६१, १४१२२, ०५७७०, ०२३६३, ०४५७४, ०३६२४, ०१८३१ र ०४०१५ कुपन नम्बरले जित्न सफल भए भने फेशियल हाउसको क्लिजिङ कुपन नं. ००७७५ र ०४५२७ जितेका छन् । फेशियल हाउसको हेयर कटिङ कुपन नं. ११६२२ र ०७८०९ जिते । ग्राहकको हितलाई मध्यनजर गर्दै उपहार योजना ल्याइएको मलका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment