सुविक्क्षा बुटिक कलेक्सन संचालनमा

बैशाख १३, पोखरा ।
फेसन वजारको पछिल्लो प्रविधिलाई आत्मसाथ गर्दै पोखराको ट्रेडमल पछाडी वुद्ध मार्गमा सुविक्क्षा बुटिक कलेक्सन संचालनमा आएको छ । संगीता परियारले संचालनमा ल्याएको सो वुटिकमा आधुनिक, फेसनेवल र विवाहित महिलालाई लक्षित गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्ष तथा महिला उद्यमी विन्दु कोईराला सुवेदीले बुटिकको उद्घाटन गर्दै महिला उद्यमी वढ्दा समग्र राष्ट्रको समृद्धि हुने धारणा व्यक्त गरिन् । उनले भनिन्–“ महिला उद्यमी वढ्दा पुरुष प्रतिको परनिर्भरता कम हुने र त्यसले समग्र देशको आर्थिक उन्नतीमा पनि सकारात्मक भूमिका खेल्छ ।” पोखरामा अझै पनि धेरै महिलाहरु घरका काममा मात्रै केन्द्रित हुने भएकाले केहि क्षमता भएका र रुची भएका क्षेत्रमा काम गर्दा घरवाट वाहिर निस्कन सहयोग पुग्ने पनि उनको धारणा थियो

उनले समाजमा आत्मनिर्भरता र अरुको लागि पनि उधाहरणिय काम गर्न सकेमात्रै समाजको सक्षम प्रतिनिधीको रुपमा पहिचान हुने पनि धारणा राखिन् । यस्तै कार्यक्रममा वोल्दै वविन टेलरिङ्गका संचालक वविन वागदासले उद्यमशिल वन्न चाहने जो कोहि युवालाई पनि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने–“हामी रोजगारीका लागि विदेश भौतारिने गर्दछौं तर हामी आफै भित्रको क्षमता पहिचान गर्न नसक्दा दुख पाएका छौं त्यसैले यहा उद्यमशिल वन्न चाहनेहरुका लागि वबिनको जुनसुकै क्षेत्रको पनि सहयोग रहन्छ ।” सुविक्क्षा बुटिकका लागि आवस्यक पर्ने सवै बुटिकका सामानहरु वविनको कारखानमा निर्माण गरिने पनि उनले जानकारी दिए । उनले भने–“हाम्रो मा जे सामान पाईन्छ त्यहि सामान सुविक्क्षा बुटिकमा पनि पाईन्छ हामीहरु दुवैको निर्माण गर्ने कारखाना एउटै र कालिगड पनि एउटै हुन् ।”

सुविक्क्षा बुटिक कलेक्सनकी संचालिका संगीता परियारले आफुले जानको काम गर्न पाउदा निकै खुसी भएको धारणा राखिन् । उनले परिवारका तर्फवाट पनि सकारात्मक सहयोग भएकाले व्यवसायमा सफलता पाउने आशा व्यक्त गरिन् ।

उनले भनिन्–“ मेरो यो व्यवसायलाई सवैको सहयोग छ त्यसैले मैले ग्राहकको चाहना पुरा गर्नमा कुनै समस्या हुदैन ।” उनका अनुसार सवै सिजनका सवै खालका महिलाका वुटिकका कपडाहरु समयमै उपलव्ध हुन्छ । उनले विशेष गरी विवाहका समयमा प्रयोगमा आउने सवै खालका कपडाहरुलाई पहिलो प्राथमिकतामा राखेको पनि जानकारी दिईन् ।