लमजुङ–पोखरा सम्पर्क समिति र सहकारीको सम्मान गजेन्द्रलाई

पोखरा । लमजुङ–पोखरा सम्पर्क समितिको १७ औँ तथा लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाको ५ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा समितिका पूर्व अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष गजेन्द्रमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । श्रेष्ठले संस्थालाई महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरिएको बताइएको छ ।

समितिका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा भएको कार्यव्रmममा बाली विज्ञान अनुसन्धान केन्द्रका प्रमुख तीर्थराज पोखरेलले लमजुङेहरुले संस्थामार्फत गरेको एकताको प्रयास प्रशंसनीय रहेको भन्दै प्रशंसा गरे । उनले अझै छरिएर रहेका लमजुङेहरुलाई समेट्नका लागि सिर्जनात्मक कार्यव्रmमहरु अघि बढाउन सुझाव दिए ।

कार्यव्रmममा सल्लाहकारहरु विश्वलाल श्रेष्ठ, गजेन्द्रमान श्रेष्ठ, सूर्यप्रसाद बराल, काशीमाया गुरुङलगायतले शुभकामना दिएका थिए । सचिव ईश्वर चिलुवालको सञ्चालनमा भएको कार्यव्रmममा प्रथम उपाध्यक्ष चम्फा रानाभाटले स्वागत गरेका थिए ।

यस्तै, सहकारीका अध्यक्ष ऋषिराम चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रशिक्षक बालकृष्ण सुवेदीले सहकारी सेयरहरुकै सक्रियताले अघि बढ्ने संस्था भएकाले सबैले आफ्नै सहकारीबाट सम्पूर्ण आर्थिक कारोबार सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले मुनाफा मात्रै खोज्ने प्रवृत्तिले सहकारी अघि बढ्न नसक्ने भन्दै आफ्नो संस्थालाई आफ्नै जस्तो व्यवहार गर्नुपर्ने बताए ।

कार्यव्रmममा राष्ट्रिय सहकारी बैङ्कका पोखरा शाखा प्रबन्धक केदारनाथ उप्रेती, जिल्ला सहकारी सङ्घ, कास्कीकी सञ्चालक समिति सदस्य इन्दिरा पौडेल, सल्लाहकार गोपाल सेढार्इँ लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्यका रुपमा अरुण विक तथा ओजराज घिमिरे तथा संस्थालाई सहयोग गर्ने सचिव जगत गिरी, सल्लाहकार विश्वलाल श्रेष्ठ, विजुलीबहादुर गुरुङ, लीला गुरुङ र दिनेशमूर्ति पन्तलाई सम्मान गरिएको थियो ।

लमजुङबाट पोखरा आई बसेका २२९ जना सेयर सदस्य रहेको सहकारीका कोषाध्यक्ष बलराम लामिछानेले पेस गरेकोे १ करोड ४९ लाख २९ हजार ४ सय रुपैयाँ शेयर पूँजी तथा ८१ लाख ६४ हजार १ सय ५ रुपैयाँ बचत निक्षेप रहेको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment