युवा बौद्ध संघको २२ औं वार्षिकोत्सव सम्पन्न

पोखरा । युवा बौद्ध संघ धर्मशीला बुद्ध बिहार नदीपुरको २२ औं वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । प्रमुख अतिथि धर्मशीला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तोले बुद्ध धर्मको सारका उल्लेख भएको राम्रा कुराको अनुसरण गर्नाले र समाज विकासमा पनि टेवा पुग्ने बताए ।

कार्यक्रममा भन्ते मिन गुरु,युवा बौद्ध संघका सल्लाहकार विश्व शाक्य,नेवाःखलका अध्यक्ष अशोक पालिखे,दायक सभाका अध्यक्ष कृष्णमान गुभाजु,शाक्य समाज नदीपुरका अध्यक्ष भरत शाक्य,डा.गेहेन्द्रमान उदास,युवा बौद्ध संघका संस्थापक अध्यक्ष उत्तममान बुद्धाचार्य लगायतले युवा बौद्ध संघले गरेका सामाजिक कार्यको प्रसंशा गर्दे आगामी दिनमा अझ यस्ता कार्यहरु गर्दे समाज विकासमा लाग्नु पर्ने कुरा मा जोड दिएका थिए ।

उक्त कार्यक्रममा डा.गेहेन्द्रमान उदास पोखरेली द्धारा लिखित “गौतम बुद्ध दर्शन र जीवन शैली” नामक पुस्तकको लोकापर्ण गरिएको थियो ।
युवा बौद्ध संघका अध्यक्ष सकेन्द्र ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको सोही कार्यक्रममा हालै सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित संस्थाका पूर्व सचिव सुरज श्रेष्ठ, वडा सदस्यमा निर्वा्चित संघका सदस्य गीता नेपाली,एसईईमा उर्तिण भएका सदस्यका छोरा छोरी हरुलाई सम्मान गरिएको थियो ।

स्वागत मन्तव्य कार्यक्रम संयोजक प्रविण बुद्धाचार्यले गरृका थिए भने कार्यक्रम संचालन सचिव सुदिप प्रधानङ्गले गरेको थिए

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment