प्रतिक अफसेट प्रेसले आफ्नो वार्षिकोत्सव मनाउने

बैशाख १२, पोखरा

पोखराको प्रतिष्ठित संस्था प्रतिक अफसेट प्रेस १९ औँ वसन्त पार गरि २० औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा प्रेसले एक भव्य कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाउने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

वैशाख १४ गते शनिबार एउटा विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाउने प्रेसका सञ्चालकद्धद्ध पदमलाल श्रेष्ठले टजानकारी दिएका छन् । शनिवार विहान ८ बजेवाट सुरु हुने उक्त दिनको वार्षिकोत्सव कार्यक्रम पोखरा महानगरका प्रमुख मानबहादुर जिसीको प्रमुख आतिथ्यतामा हुने छ । सोही अवसरमा कम्पनीमा कार्यरत २५ जना कर्मचारी मध्ये १ जनालाई उत्कृष्ठा कर्मचारी सम्मानबाट सम्मान गरिने श्रेष्ठले बताए ।

२०५६ सालमा ३ हजारको लगानीमा सुरु भएको प्रेस अहिले ३ करोड लगानी रहेको छ । प्रेसले २५ जना कर्मचारीलाई रोजगार दिदै आएको छ । प्रतिक अफसेट प्रेसले उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै डिजिटल मेशिनवाट सेवा दिदै आइरहेको छ ।