स्वाईनफ्लुका कारण एक जनाको मृत्यु

काभ्रे । स्वाइनफ्लुको संक्रमणका कारण काभ्रेको काभ्रेपलाञ्चोकमा आज एक महिलाको मृत्यु छ । स्वाइनफ्लुको संक्रमणका कारण पनौतीनगरपालिका वडा नम्वर—७ का ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।

चाँदनी नेवाको मृत्यु भएपछि पनौती नगरपालिका वडा नम्वर ७ मा विशेष सतर्कता अपनाइएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

थप संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीन जनाको स्वास्थ्यकर्मी टोली खटाएइएको कार्यालय प्रमुख डा.अर्जुन सापकोटाले बताए । स्वास्थ्यकर्मीको टोलीले आसपासका स्थानीयको रगत परिक्षण लगायका स्वास्थ्य परीक्षणको कामसमेत गर्ने उनले जानकारी दिए ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment