‘वसन्ती’ फिल्म मनपर्छ

‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका श्वेता खड्काले ‘कोहिनूर’, ‘कान्छी’ लगायतका फिल्ममा अभिनय गरेकी छन्। उनले आफूलाई प्रिय लाग्ने कुरा ‘पोखरा समाचार’लाई यसरी बताइन्।

पुस्तक
मलाई नेपाली साहित्यिक पुस्तकहरुमा  सेतो धर्ती, समर लभ, कर्णली ब्लुज र विदेशी लेखकमध्ये बेडेन पावेलले लेखेको पुस्तकहरु मन पर्छ। मलाई धेरै जसो ऐतिहासिक तथा बायोग्राफिकल पुस्तक मन पर्छन्।

लेखक
मलाई मन पर्ने लेखकहरु धेरै जना हुनुहुन्छ। मलाई नेपालीमा सुविन भट्टराई, भारतीयमा चेतन भगत र बेलायती लेखकमध्ये बिगेड पावेल मनपर्ने लेखक हुन्। बिल क्लिन्टन पनि मलाई मन पर्ने लेखक हुन्। उनको ‘माई स्टोरी’ र हिलारी क्लिन्टनको पुस्तक पनि पढेँ। दुवैको लेखाई मलाई मन प-यो।

गीत
मेलोडी गीतहरु मलाई मन पर्छन्। मुडअनुसार जुनसुकै गीतहरु पनि सुन्ने गर्छु। धेरै जसो आधुनिक गीतहरु गुन्गुनाइरहेको हुन्छु।

भेट्न मन लागेको व्यक्ति
मलाई भारतीय अभिनेता सलमान खानलाई भेट्न मन लागेको छ। उनीसँग भेटेर पर्सनल कुराहरु गर्न मन लागेको छ। उहाँको अभिनय शैली मलाई मन पर्छ।

भेटिरहन मन लाग्ने व्यक्ति
मलाई मेरो घर, परिवार र साथीभाइ हो।

कलर
मलाई ब्लु, ह्वाइट कलर मन पर्छ। मैले लगाउने ड्रेसमा यिनै कलरहरु नै हुन्छन्।

गायक
मलाई राजेश पायल राई, दीपक लिम्बु, प्रमोद खरेल, सुगम पोखरेल मलाई बेस्ट लाग्ने गायकहरुमा पर्नु हुन्छ। उहाँहरुको आवाजले मेरो ध्यान तान्छ। त्यै भएर मलाई उहाँहरु मन परेको हो।

गायिका
मलाई गायिकामा अञ्जु पन्त धेरै मन पर्छ। उहाँका गीतहरु मन छुने खाल्का लाग्छन्। म उहाँको त फ्यान नै हो। त्यस्तै पछिल्लो समय मीठो स्वरकी धनी  मेलिना राई मनपर्ने गायिका हुन्।

मन परेको फिल्म
मलाई नेपालीमा आफैँले खेलेको ‘कहाँ भेटिएला’ फिल्म मन पर्छ। त्यस्तै नीर शाहको ‘वसन्ती’ मन पर्छ। खासमा ऐतिहासिक विषयवस्तु बोकेको भएकाले पनि ‘वसन्ती’ मन परेको हो। अन्य देशका फिल्म निर्देशक र फिल्ममध्ये भारतीय निर्देशक सञ्जय लीला भन्सालीको सबै फिल्म मन पर्छ। उनको ‘देवदास’ फिल्म जति हेरे पनि मलाई बोर लाग्दैन।

सपिङ स्टोर
म विदेश जाँदा नै सपिङ गर्छु। मेरो बिजनेसका कारण बाहिर हिँडिरहेको हुन्छु। त्यही मौकामा आफूलाई चाहिने सामग्री उतै किनेर ल्याएकी हुन्छु। यहाँ कामले सपिङ गर्न पाइरहेकी हुन्नँ।

सवारी साधन
मलाई सजिलोको लागि त गाडी नै मन पर्छ। धुलो धुँवाबाट जोगिनका लागि यो नै उपयुक्त लाग्छ।

पोशाक
म पोशाक लगाउने कुरामा धेरै चुजी छु। म क्याजुअल ड्रेसहरु लगाउन मन पराउँछु किनभने कार्यक्रमहरु भइरहेका हुन्छन्। मुभी भन्दा बाहिर पनि काम गर्ने भएर धेरै जसो कार्यक्रमहरुमा क्याजुअल ड्रेस नै मन पराउँछु।

चाडपर्व
मलाई कलरफुल चाडपर्व मनपर्छ। त्यसैले होली र तिहार विशेष गरी मन पर्ने चाड हो। होलीमा कलरसँग रमाउन मिल्छ भने तिहारमा रङ्गीचङ्गी भएर घर नै उज्यालो बनाउन पाइन्छ। त्यही भएर होली र तिहार मन पर्ने चाड हुन्।

कपाल
कपाल धेरै थरिका बनाइरहेको देख्छु। ती कपालहरुमा मलाई कर्ली कपाल मन पर्छ। कर्ली कपाल हेर्दै मात्र पनि आकर्षक जस्तो लाग्छ।

शहर
मलाई नेपालका विभिन्न शहरमध्ये पोखरा बढी मनपर्छ। मलाई त्यहाँको वातावरण मन परेको हो। त्यहाँ त जता गए पनि रमाइलो गर्ने ठाउँ छ। सफा पनि छ।

नेता
मलाई सुवाश नेम्वाङ, पुष्पकमल दाहाल, लालबाबु पण्डित लगायतका नेताहरु मन पर्छन्। 

खाना
मलाई नेपाली खाना नै मन पर्छ। ममीले पकाएको दालभात तरकारी नै मलाई बेस्ट लाग्ने खाना हो। 

राष्ट्रपति
मलाई अमेरिकन पूर्व राष्ट्रपति बाराक ओमाबा मन पर्छ। उहाँको जुन देशप्रति पनि माया दर्शाउने भाव ठीक लाग्छ।

अभिनेता
हरिवंश आचार्य, दयाहाङ राई, सलमान खान मलाई मनपर्ने अभिनेताहरु हुनुहुन्छ। उहाँहरुको काम नै मलाई मन परेको हो।

अभिनेत्री
मलाई त धेरै अभिनेत्रीहरु मन पर्नुहुन्छ। कुनै समयकी चर्चित अभिनेत्री जल शाह, नम्रता श्रेष्ठ, विद्या बालन मलाई मन पर्ने अभिनेत्री हुनुहुन्छ। उहाँहरुको अभिनय गराइले नै मलाई तानेको हो। 

निर्देशक
म धेरै जसो फन्नी मुभी हेर्ने गर्छु। पछिल्लो समयकी निर्देशक दीपाश्री निरौला अनि त्यस्तै स्वर्गीय शिव रेग्मी, आकाश अधिकारी नेपाली निर्देशकमा मन पर्ने निर्देशक हुनुहुन्छ। इण्डियनमा सञ्जय लीला भन्साली मन पर्छ।

चस्मा
क्याजुअल नै लगाएको हुन्छु। मसँग प्राडा, स्नेल, रेभनका चस्माहरु छन्।